दमकका धिमाल समुदायलाई पहिलो नागरिकको दर्जा

दमकका धिमाल समुदायलाई पहिलो नागरिकको दर्जा

दमक: झापाको दमक नगरपालिकाको प्रथम नगरसभाले आदिबासी जनजातीको हितमा दुई वटा महत्वपूर्ण बिशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ। दमकमा बसोबास गर्दै आएका धिमाल समुदायले पहिलो नागरिकको दर्जा प्राप्त गरेका छन्। सोमबारदेखि लागू हुने गरी दमक नगरपालिका भित्र रहेका धिमाल समुदायका व्‍यक्तिलाई 'फस्ट सिटिजनसिप' को दर्जा दिइएको हो।

 

सोमबार सम्पन्‍न दमक नगरपालिकाको पहिलो नगरसभामा नगरपालिकाका प्रमुख रोमनाथ ओलीले ‘फस्ट सिटिजनसिप' को विशेष प्रस्ताव पेश गरेका हुन्। उनले पेस गरेको प्रस्ताव सर्वसम्मत रुपमा स्विकृत भएको छ। यो प्रस्ताव पास भएसँगै अब यहाँ बसोबास गर्ने धिमालहरुको प्रत्येक सार्वजनिक कार्यक्रमहरुमा महत्वपुर्ण र बिशिष्ट सहभागिता रहने भएको छ।

प्रमुख ओलीका अनुसार अब औपचारिक कार्यक्रमहरुमा धिमाल जातीको लागि एउटा बेग्दै कुर्सि राखिने छ। बिशिष्ठ ब्याक्तिको रुपमा धिमाल समुदाय बाट आसनग्रहण समेत गराइने छ।यो आफ्नो नगरपालिकाको लागि र धिमाल जातीहरुको सम्मानका लागि बिशेष कार्यक्रम रहेको समेत ओलीले बताए।

सर्बसम्मत रुपमा पास भएको यो प्रस्तावलाई चाडै नै कार्यबिधि बनाएर लागु गरिने पनि उनले प्रतिबद्धता जनाएका छन्। कार्यविधि बनीसकेपछि अझै बढी सहुलीयत तथा सम्मानका कार्यक्रमहरु समाबेश हुने उनले बताए।

नगरपालिकाको यस कदम सम्पूर्ण आदिबासी जनजातीको लागि गर्वको बिषय रहेको नगरपालिकाका पुर्व उपमेयर मोहन धिमालले बताए। संघात्मक ब्यवस्था अनुसार नगरपालिकाले राम्रो घोषणा गरेको बताउदै उनले कार्यन्वयनमा अझै जोड दिनुपर्ने बताए।

सम्पूर्ण धिमाल जातीहरुकै लागि नगरपालिकाको यस प्रकारको घोषणा स्वागत योग्य रहेको धिमाल अगुवा लोकबहादुर धिमालले बताए। उनले भने- 'यो एकदमै स्वागतयोग्य बिषय हो, हामीलाई सम्मानित भएको महशुष भएको छ।

'स्थानीय सरकारले आदिबासी जातीलाइ गरेको सबैभन्दा ठूलो सम्मानको रुपमा आफूहरुले लिएको धिमालले बताए। संयुक्त राष्ट्रसंघको आइएलओ १६९ को कार्यन्वयन दमकबाट सुरु भएको समेत उनले टिप्पणि गरे।

सोमबारकै नगरसभाले कार्तिक २५ गते फाल्गुनन्द जयन्तीको दिन नगरपालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ। राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाजसुधारका लागि खेलेको महत्वपुर्ण भूमिकाको सम्मान स्वरुप यसप्रकारको विशेष घोषणा गरेको ओलीले बताए।

सरकारले किरातीहरु लाइ मात्र सार्वजनिक बिदा दिने निर्णय गरेकोमा दमक नगरपालिकाले सो दिन नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सो दिन दमकका सबै सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरु बन्द रहने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.