राष्ट्रपतिबाट सात विधेयक प्रमाणीकरण
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सात विधेयक प्रमाणीकरण गरेकी छिन्। व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन बएपछि राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन्।
प्रमाणिकरण हुने विधेयकमा मुलुकी देवानी (संहिता) विधेयक, २०७४, मुलुकी देवानी कार्यविधि (संहिता) विधेयक, २०७४, मुलुकी अपराध (संहिता) विधेयक, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) विधेयक, २०७४, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक, २०७४, केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक, २०७४ र भाषा आयोग विधेयक, २०७४ रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले जारी विज्ञप्तिमा उल्लेख गरेका छन्।
यसअघि आइतबार राष्ट्रपतिबाट १० विधेयक प्रमाणिकरण भएको थियो।