मधेसमै बढ्यो माओवादीको १ लाख ९ हजार मत

मधेसमै बढ्यो माओवादीको १ लाख ९ हजार मत

काठमाडौं: नेकपा (माओवादी केन्द्र)ले मधेसमा एक लाख वढी मत वढाएको छ।अघिल्लो संविधानसभा निर्वाचनमा दुई नम्वर प्रदेशका आठ जिल्लामा प्राप्त गरेको कुल मत भन्दा अहिले स्थानिय तहमा कुलमा एक लाख ९ हजार भन्दा वढी मत माओवादीले पाएको छ।स्थानिय तह निर्वाचनमा माओवादीले दुई नम्वर प्रदेशवाट कुल ३ लाख २१ हजार १०२ मत पाएको छ।कुल मतदाता २६ लाख ६४ हजार ९५० मतदाताबाट उसले अघिल्लो ०७० को संविधानसभा निर्वाचन भन्दा १ लाख ९ हजार ६ सय २३ मत वढी पाएको हो।

निर्वाचन आयोगको तथ्याक अनुसार, ०७० साल यता दुई नम्वरका आठ जिल्लामा कुल ३६ हजार ८४३ मतदाता थपिएका थिए। स्थानिय तह निर्वाचनमा माओवादीले मधेसवाट प्राप्त गरेको मत परिणाम 'उत्साहप्रद' भएको माओवादीका दुई नम्वर प्रदेश इन्चार्ज मातृका यादवले वताए।'मतका हिसावले हाम्रो मधेसमा निकै ठूलो प्रगति भएको छ। जितको संख्या अपेक्षित नआएपनि पार्टीले प्राप्त गरेको समग्र मत, नतिजा सवै हेर्दा उत्साहप्रद छ।हामी सन्तुष्ट छौं,' यादवले अन्नपूर्णसँग भने।

०७० सालको दोश्रो पटकको संविधानसभामा माओवादीले पहिलो संविधानसभाको भन्दा मधेसका आठ जिल्लामा ६५ हजार २३७ मत कम पाएको थियो। पहिलोमा भन्दा दोश्रो संविधानसभा निर्वाच्नमा घटेको मत अहिले स्थानिय तह निर्वाचनमा माओवादीले वढाएको हो।

दोश्रो संविधानसभाको निर्वाचनको भन्दा १ लाख वढी मत उसले अहिले वढाएको छ। पहिलो संविधानसभामा उसले प्राप्त गरेको मत सुरक्षित राख्दै अहिले उसले झण्डै ५० हजार मत थप बढाएको छ।

माओवादीले पहिलो संविधानसभा (२०६४)मा तराईका ८ जिल्लावाट कुल २ लाख ७६ हजार ७१६ मत प्राप्त गरेको थियो।त्यस्तै, दोश्रो संविधानसभा (२०७०) मा कुल २ लाख ११ हजार ४७९ मत प्राप्त गरेको थियो।

निर्वाचन आयोगको तथ्याक अनुसार, अहिले दुई नम्वर प्रदेशको ८ जिल्लवाट कुलमा ३ लाख २१ हजार १०२ मत माओवादीले प्राप्त गरेको छ।तराई मधेसका आठ जिल्लाका १३६ स्थानिय तहमा प्रमुख पदमा प्राप्त गरेको मतको कुल परिणाम हो।

सापेक्षित रुपमा उसले सर्लाही, सिराह, बारा र रौतहटमा मत वढाएको छ।सर्लाहीमा ५८,९०९, सिराहमा ३९,९८० बारामा ४३ हजार १८१ र रौतहटमा ५० हजार ३६३
मत ल्याएको छ।

०७० को संविधानसभा निर्वाचनमा भन्दा पनि आंशिक मत परिणाम सप्तरी जिल्लामा पनि माओवादीले वढाएपनि त्यहाँवाट भने उसले प्रमुख पदमा नतिजा ल्याउन सकेको छैन। दोश्रो संविधानसभामा माओवादीले अन्यत्र जिल्लामा निर्वाचन परिणाम सन्तोषजनक ल्याउन नसदा सप्तरीवाट भने प्रत्यक्षमै ३ सिट जितेको थियो।त्यही आधारमा माओवादी मुल नेतृत्वले भने स्थानिय तह निर्वाच्नमा पनि त्यहावाट पार्टीको पक्षमा अपेक्षित परिणाम आउने विश्वास लिएको थियो।तर त्यहा भने माओवादीलाई धक्का लागेको छ।

तर, माओवादी केन्द्रका दुई नम्वर प्रदेश इन्चार्ज मातृका यादवले सप्तरीमा निर्वाचन जित्ने अवस्था नदेखिएकोमा आफुले पहिल्यै पार्टी नेतृत्वलाई जानकारी गराएको यादवले बताए।'सप्तरीमा पार्टीले अपेक्षा गरे अनुसारको परिणाम आउदैन भनेर मैले पहिल्यै पार्टी नेतृत्वलाई रिपोटिङ गरेको थिए, अहिले त्यही अनुसारको परिणाम आयो पनि,' यादवले भने, 'यसमा म चही प्रष्टै थिए।'

तर पनि मधेसमा माओवादीलाई जनताले विश्वासको मत दिएको यादव वताउँछन्।'विगतमा पार्टीले मधेसको मुद्दालाई हेर्ने सवालमा नीतिगत रुपमा पनि कमजोरी देखिएकै थियो, परिणम पनि त्यही अनुसार आएको हो,' यादवले थपे, -'अहिले पार्टीको मधेस नीति स्पष्ट छ, परिणाम पनि सुधारिएर आएको छ।' चुनावी अनुभवको कमी, एकरुपताको कमीका कारण अझै अपेक्षा गरे अनुसारको नतिजा माओवादीको आउन नसकेको उनले जिकिर गरे।

मधेसमा काग्रेस, एमाले लगायतका ठूला दलहरुको तुलनामा यसपटकको स्थानिय तह निर्वाचनमा माओवादीले भने मत उल्लेख्य मात्रामा बढाएको हो।स्थानिय तहमा अन्य प्रदेशको परिणाममा अपेक्षेति परिणाम नल्याएपनि माओवादी मधेसको नतिजा सहति जोडदा 'स्टोङ थर्ड' शक्तिको रुपमा देखा परेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.