सरकारबाट बाहिरिदै माओवादी
काठमाडौं: सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिने भएको छ।आसन्न चुनावमा प्रमुख प्रतिपक्षी दल एमालेसँग तालमेल गर्ने सहमति गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीलार्इ सरकार छाड्न दबाब दिँदै आएका थिए।
यद्यपी केही दिनअघि माओवादीले सरकारबाट नबाहिरिने र सरकारलार्इ दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । मंगलबार माओवादी केन्द्रबाट मन्त्री बनेका उपप्रधान तथा परराष्ट« मन्त्री कृष्णबहादुर महराले दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछन् भने गृहमन्त्री जनार्दन शर्माले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछन्।
माओवादीसंग रुष्ट बनेका प्रधानमन्त्री देउवा भने माओवादीले मन्त्री फिर्ता नबोलाए उनीहरुलार्इ जिम्मेवारीविहीन बनाउने तयारीमा रहेको चर्चा थियो।
देउवाले केही दिन अघि मात्र राप्रपालार्इ सरकारमा सहभागि गराएका थिए। राप्रपाका मन्त्रीहरुलार्इ माओवादीले सम्हालेका मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी थियो।