मन्त्रालयमा पत्रकार सम्मेलन गरेर महराले सबैलाई धन्यवाद दिए

मन्त्रालयमा पत्रकार सम्मेलन गरेर महराले सबैलाई धन्यवाद दिए

काठमाडौं : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफूलाई सहयोग पुर्याउने मन्त्रालयका सचिव, कर्मचारी र सचिवालयका सम्पूर्ण सदस्यलाई धन्यवाद दिएका छन्। कांग्रेस गठबन्धनमा सरकारमा रहेको माओवादीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई सरकार छोड्न दबाब दिइरहेका बेला भएको पत्रकार सम्मेलनलाई महत्वका साथ हेरिएको थियो।

 पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै मन्त्री महराले भने, ‘अब म मन्त्रालयमा रहिन भने पनि मलाई सहयोग पुर्याउने, मन्त्रालयका सचिव, सहसचिव, कर्मचारी र सचिवालयका सबैलाई धन्यवाद दिन चाहन्छु।’

मन्त्री महराले पार्टीले निर्णय गरे एक मिनेट पनि सरकारमा नबस्ने समेत बताएका छन्। वाम गठबन्धनपछि माओवादी मन्त्रीलाई हटाउन देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित आठ मन्त्रीको सपथ गराइसकेका छन्। यद्यपी माओवादीले भने तत्काल सरकारबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरिसकेको छ।

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा मंगलबार बिहान मात्र प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुराकानी भएको थियो । प्रचण्ड र देउवाको भेटवार्तामा उपप्रधान तथा परराष्ट्रमन्त्री महरासमेत सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.