रोल्पामा ‘जनसत्ता

रोल्पामा ‘जनसत्ता

रोल्पा : नेत्रविक्रम चन्द ‘विप्लव' नेतृत्वको नेकपाले रोल्पामा गठित ‘जनसत्ता' लाई सशक्त बनाउने कसरत गर्दैछ।नेकपाका महासचिव विप्लव तीन दिनअघि थबाङ पुगेका छन्।उनले थबाङी कार्यकर्ता र जनतासँगको भेटघाटलाई तीव्र बनारहेका छन्।स्थानीय तहको चुनावमा नेकपाका थबाङी नेता कार्यकर्ताले स्वतन्त्रबाट चुनाव लडेपछि पार्टीले कारवाही गरेको थियो।उक्त कारवाही फुकुवा गरेपछि महासचिव विप्लव थबाङ पुगेका हुन् ।

 

थबाङी नेता कार्यकर्ताले पार्टीको नीति विपरित चुनावमा भाग लिनु गलत भएको स्वीकार गरेको नेकपाका जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति' बताउँछन्।‘महासचिवसँगको भेटमा स्वतन्त्रबाट चुनाव लड्ने साथीहरुले अब उप्रान्त पार्टीको नीति विपरित नजाने बचन दिए ।' इन्चार्ज जागृति भन्छन, ‘पार्टीको केन्द्रीय कमिटि र राप्ती अञ्चल व्यूरोको बैठकबाट केन्द्र, व्यूरो र जिल्ला तहका नेताको कारवाही फुकुवा गरिसकेको छ।जिल्ला कमिटिको वैठकले सेल र एरिय तहका कार्यकर्ताको कारवाही फुकुवा गर्दै छौं ।'

थबाङ गाउँपालिका वडा नम्बर २ मा स्वतन्त्र प्यानल विजयी भएका थिए।उनीहरुले भने जनप्रतिनिधिबाट राजिनामा दिएका छैनन्।उनीहरुको कारवाही पनि फुकुवा गरिएको छैन।जनसत्तालाई सशक्त बनाउदा सबै जनप्रतिनिधिले राजिनामा दिने अवस्था निर्माण गर्ने तयारीमा नेकपाका नेता कार्यकर्ताले कसरत गरिरहेकाले उनीहरुको बारे ठोस निर्णय भएको छैन।इन्चार्ज जातृति भन्छन, ‘जनपरिषद्ले सक्रिय रुपमा काम गर्दा स्वतन्त्रबाट विजयीलाई मात्र होइन, सबै जनप्रतिनिधिले राजिनामा दिने अवस्था आउँछ ।'

नेकपाले जिल्ला तह र साबिकको गाविसकै संरचना अनुसार ‘जनपरिषद्' गठन भइसकेको दावी गरेको छ।नेपाल सरकारको सत्तालाई संसदीय दलाल सत्ताको संज्ञा दिदै आएको नेकपाले स्थानीय तहको संरचनालाई समेत मान्यता नदिएको जनाएको छ। ‘गठित जनपरिषद्ले अब सशक्त काम गर्छ ।' राप्ती व्यूरो प्रमुख केशबहादुर बाँठा भन्छन्।थबाङ पुगेका महासचिव विप्लवले पनि मंसिर १० र २१ गते हुने चुनावलाई सशक्त खारेज गर्न थबाङीलाई आग्रह गरेका छन।२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा शून्य मतदान गरेको स्मरण गर्दै संघ र प्रदेश तहको चुनावलाई पनि शून्य बनाउने नेकपाका थबाङी नेता, कार्यकर्ताले बचन दिएको बताइएको छ ।

स्वतन्त्रबाट चुनाव लडेपछि कारवाहीमा परेका थबाङी नेता कार्यकर्ताको मनोबल उठाउन पनि महासचिव विप्लव थबाङ पुगेको आँकलन गरिएको छ।थबाङ गाउँपालिकाको सभाका बेला नेकपाले अध्यक्ष बीरबहादुर घर्तीलाई अपहरण गरेका थिए।सभा प्रभावित गर्ने रणनीति भएपनि उपाध्यक्ष रामकिरणी रोकाको अध्यक्षतामा सभा सम्पन्न भएको थियो।सभाको उद्घाटनमा पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' एक महिना अघि थबाङ पुगेका थिए।अपहरणकाबेला गाउँपालिका अध्यक्ष घर्तीलाई थबाङको सभामा ‘प्रचण्डलाई नै किन ल्याउनु पर्‍यो ?' भन्ने प्रश्न गरिएको खुलासा भइसकेको छ ।

एमाओवादीबाट वैद्य माओवादी विभाजनका वेला थबाङ वैद्यमय प्रतित भएको थियो।वैद्यबाट विप्लवले सम्बन्ध विच्छेड गरेयता थबाङमा माओवादी केन्द्रले पनि पकड जमाउन निकै कोसिस गर्दै आएको छ।नेकपाले थबाङमै एकहप्तासम्म बन्द सत्र सम्पन्न गरेको थियो।थबाङबाटै पार्टी नेकपा बनेको थियो भने एकिकृत जनक्रान्तिको कार्यदिशा पारित भएको थियो।थबाङमा नेकपा र माओवादी केन्द्र दुवैले आ-आफ्नो पकड जमाउने होडमा लाग्दै आएका छन्।

पछिल्लो एक महिनामै माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त' दुईपटक थबाङ पुगिसकेका छन्।गाउँसभामा प्रचण्डसँगै नेता ‘अनन्त' थबाङ पुगेका थिए।दशैंताका पुनः उनी थबाङ पुगेका थिए।थबाङ पुग्ने होडमा विप्लव पनि परेको मान्न सकिन्छ।थबाङबाटै जनसत्ता सक्रिय बनाउने रणनीति पनि रहेको छ ।

गाउँपालिकाका अध्यक्ष घर्तीलाई अपहरण मुक्त गर्दा पनि सत्ताले जुनकुनै बेला राजिनामा माग्न सक्ने र त्यसमा सघाउनु पर्ने आग्रह गरेका थिए।नेकपाका व्यूरो तहका एक नेताले फोन मार्फत जनसत्ताको सल्लाहबिना थबाङमा काम गर्न नहुने, जनसत्ताले राजिनामा माग गरेको जुनकुनै बेला राजिनामा दिनुपर्ने र थबाङ खोलाको गिट्टी बालुवा उत्खनन् जनसत्ताको अनुसार हुनुपर्ने शर्त तेर्साएका थिए।यसबाट पनि सत्ताको कडाईमा नेकपा लागेको बुझिन्छ।

नेकपाका अनुसार जिल्ला पार्टी संगठनको जिम्मेवारी समेत हेरफेर भएको छ।यसअघि सेक्रेटरी रहेका जागृति जिल्ला इन्चार्ज भएका छन् भने विद्यार्थी संगठनका अगुवा सन्तोष सुवेदीले जिल्ला सेक्रेटरीको जिम्मेवारी पाएका छन्।सेक्रेटरी सुवेदीको अध्यक्षतामा मंगलबार जिल्ला कमिटिको प्रथम बैठक बसेको छ।थबाङमा सहिद स्मृति हलमा महासचिव विप्लवले राजनैतिक प्रशिक्षण समेत दिएका छन्।संघ र प्रदेशको चुनावको सशक्त प्रतिरोध गर्नुपर्ने धारणा समेत राखेका थिए ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.