बामगठबन्धनको सिट बाँडफाटमै लफडा

 बामगठबन्धनको सिट बाँडफाटमै लफडा

काठमाडौं :  मंसिर १० र २१ गते हुने केन्द्र र प्रदेश सभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रले बाम तालमेलको घोषणा गरेर टिकट बाडफाँटको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएका छन् । तर कतिपय ठाउँमा कुरो नमिलेकाले सिट बाँडफाटमा लफडा भएको छ ।

 भोजपुर जिल्ला एमालेका लागि अनुकुल भएपनि त्यहाँ माओवादीले मागेको छ । २०७० सालको संबिधान सभा निर्वाचनमा त्यहाँका दुबै सिट एमालेले भारी मत अन्तरले जितेको थियो । स्थानीय तहको निर्वाचनमा पनि भोजपुरमा एमालेले आफ्नो वर्चश्व कायमै राख्यो । तर एमालेकै शीर्ष नेतृत्वले भोजपुर जिल्ला माओवादीलाई दिएर सखुवासभा लिने प्रयास गरेका छन् ।

एमाले कार्यकर्ताले सिट बाडफाँट कार्यदलमा रहेका एमाले महासचिव इश्वर पोखरेलकै अगुवाइमा भोजपुर माओवादीलाई दिन लागिएकोमा चिन्ता व्यक्त गरेका छन् । संखुवासभामा जनमतका हिसाबले काँग्रेस पहिलो र एमाले दोश्रो स्थानमा छन् । २०७० सालको संबिधानसभा निर्वाचनमा संखुवासभाका दुबै सिटमा एमाले पराजित भएको थियो ।

गत संबिधानसभा निर्वाचनमा संखुवासभा निर्वाचन क्षेत्र नम्बर २ बाट पराजित भएका राजेन्द्र गौतमलाई फेरी उम्मेदवार बनाउने तयारी भएको छ भने उता भोजपुरमा भने प्रतिनिधिसभाका लागि एमाले केन्द्रीय सदस्य राजेन्द्र राई र सांसद कृपाशुर शेर्पा लगायतका नेताहरु सिफारिसमा परेका छन् । पुर्व मन्त्री समेत रहेका एक नम्बर प्रदेशका सह इञ्चार्ज शेरधन राईले मुख्य मन्त्री बन्ने आसमा प्रदेशसभा रोजिसकेका छन् । कृपाशुर शेर्पा पछिल्लो पटक बिभिन्न विवादमा परेका थिए । त्यसैले भोजपुरमा राजेन्द्र राईले टिकट पाउने निश्चित जस्तै भएको थियो । राजेन्द्र राई माधव नेपाल समूहका भएकाले महासचिव पोख्रेलले भोजपुर माओवदिलार्इ दिन लागेको आरोप छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.