कांग्रेसले भक्तपुरमा राप्रपा (प्रजातान्त्रिक) सँग तालमेल गर्ने

कांग्रेसले भक्तपुरमा राप्रपा (प्रजातान्त्रिक) सँग तालमेल गर्ने

भक्तपुर: आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुरमा नेपाली काँग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल हुने भएको छ। काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले बुधबार सञ्चारकर्मीसँग यसबारेमा कुरा गर्दै काँग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल गरेर निर्वाचनमा उम्मेदवारी दिने बताए।

भक्तपुरमा प्रतिनिधिसभातर्फ १ र २ वटै निर्वाचन क्षेत्र तथा प्रदेशसभातर्फ ३ वटामा राप्रपा (प्रजातान्त्रिक)ले काँग्रेसका उम्मेदवारलाई सघाउने र क्षेत्र नं १ को प्रदेशसभा १ मा भने काँग्रेसले राप्रपा (प्रजातान्त्रिक) लाई सघाउने गरी तालमेल हुने भएको छ।

काँग्रेस सभापति थापाले भने, 'काँग्रेस बलियो भएकै क्षेत्रमा राप्रपा (प्रजातान्त्रिक)लाई सघाउने र अन्य क्षेत्रमा राप्रपा (प्रजातान्त्रिक) ले काँग्रेसलाई सघाउने सहमति अन्तिम चरणमा पुगेको छ। भक्तपुरमा एमालेलाई एक्लो बनाउने गरी तालमेलको लागि छलफल भइरहेको छ।'

काँग्रेसको राप्रपा (प्रजातान्त्रिक), राप्रपा, नेपाल मजदूर किसान पार्टी, नेकपा (माले) र माओवादी (केन्द्र)सँग तालमेलका बारेमा छलफल भइरहेको बताइएको छ।

उम्मेदवारको हकमा भक्तपुर काँग्रेसभित्र कुनै विवाद नरहेको प्रष्ट्याउँदै अध्यक्ष थापाले माथिल्लो तहबाट आएको निर्णयअनुसार काँग्रेस अगाडि बढ्ने र आफूलाई काँग्रेस कमजोर रहेको भक्तपुर क्षेत्र नं १ बाट टिकट दिएपनि उठ्न तयार रहेको बताए।

यता राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले पनि भक्तपुरमा काँग्रेसलाई सबै क्षेत्रमा सघाउने र राप्रपालाई निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ को प्रदेशसभामा उम्मेदवारी दिने रविन्द्रप्रताप शाहलाई सघाउने गरी सहमति भएको बताए। राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय सदस्य शाहले काँग्रेससँग तालमेल गरेर जानेबारे सहमति अन्तिम चरणमा पुगेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.