राजपामा पैसावालको टिकट खोस्न अनशन

राजपामा पैसावालको टिकट खोस्न अनशन

काठमाडौं: पैसावाललाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट दिएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा असन्तुष्टि बढेको छ। पैसावाल र पहुँच भएकाहरूलाई टिकट वितरण गरेको विरोधमा महासचिव केशव झासहित केन्द्रीय नेता पार्टी मुख्यालय बबरमहलमा अनशन बसेका छन्।

 

महासचिव झाको नेतृत्वमा नेताहरू बुधबार बिहान साढे ११ बजेदेखि अनशन बसेका हुन्। अनशन बस्नेमा केन्द्रीय सदस्य बीपी यादव, दीपक कुरमा झा, दीपेन्द्र अग्रवाल, नागेन्द्र झा, युवा संगठनका अध्यक्ष रोशनसिंह राणा, महासचिव गायत्री कुरमा, उपाध्यक्ष मुकेश कर्ण, पेशल ढकाललगायत छन्।

आफ्ना ‘गोजी’का व्यक्ति, पैसा बुझाउने अनि सामाजिक क्षेत्रमा बदनाम भएकाहरूलाई समानुपातिक र प्रत्यक्ष दुवैतर्फको टिकट वितरण गरेको उनीहरूको आरोप छ। उनीहरूले स्वेच्छाचारी ढंगले पार्टी नेतृत्वले वितरण गरेको टिकटको निर्णय सच्याउनुपर्ने माग गरेका छन्।

अध्यक्षमण्डलले ‘गुन्डा नाइके’ राजु गोर्खालीसहित पैसावाल र बदनाम व्यक्तिहरूको नाम समानुपातिक उम्मेदवारको बन्दसूचीमा राखेको असन्तुष्ट पक्षको गुनासो छ।महासचिव झाले मधेस आन्दोलनको मर्म र भावनाविपरीत समानुपातिक उम्मेदवारको सूचीमा पैसाको चलखेलका आधारमा अधिकांश नाम चयन गरेको आरोप लगाए।

समानुपातिकतर्फ बन्दसूचीमा पार्टीको योगदानमा आधारित नेता तथा कार्यकर्ता हुनुपर्ने, पैसावालको नाम तत्काल बन्दसूचीबाट हटाउनुपर्ने, उम्मेदवार छनोट केन्द्रीय निर्वाचन समितिमार्फत हुनुपर्ने, पार्टीका सबै निर्णय केन्द्रीय संयोजन समितिमार्फत आउनुपर्नेलगायत माग उनीहरूले गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.