जनताले जिम्मेवारी दिए नेतृत्व लिन तयार छु : पूर्वराजा ज्ञानेन्द्र

जनताले जिम्मेवारी दिए नेतृत्व लिन तयार छु : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं : भाइटीकाको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले जिम्मेवारी दिए नेतृत्व लिन तयार रहेको विवादास्पद अभिव्यक्ति दिएका छन्। रुपान्तरित संसद विघटन भएको र प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारी अन्तमि चरणमा पुगेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्रको यस्तो अभिव्यक्ति आएको हो। शनिबार भाइटीकाको लगाउन कान्छी बहिनी शोभा शाहीको निवासमा पुगेका ज्ञानेन्द्रले यस्तो अभिव्यक्ति दिएका हुन्।

‘एउटा जिम्मेवार नागरिकको हैसियतले मलाई देशको चिन्ता र चासो हुनु स्वभाविकै छ’, भाइटीकाको दिन पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भने, ‘अब समय आए जस्तो छ, जनताले जिम्मेवारी दिए म नेतृत्व लिन तयार छु। तर, सबै जनताको इच्छा हुनुपर्छ।’

उनले देशको परिस्थिति र समय आएको बताए पनि आफूले नेतृत्व लिनका निम्ति सबै जनताले चाहनुपर्ने भने दोहोर्याए। ‘देशको परिस्थिति र समय आएको छ, म फेरि दोहोर्याउछु तर, सबैले चाहनु पर्दछ’, उनले थपे।

उनले मुलुकको परिस्थति अत्यन्त चिन्ताजनक रहेको भन्दै आफू सक्रिय हुने सक्ने संकेत गरेका हुन् । ‘देशको परिस्थिति अन्त्यन्तै नाजुक अवस्थामा छ’, उनले देशको चिन्ता व्यक्त गर्दै भने ।

राजनीतिक नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै उनले वर्तमान नेतृत्वलाई कागजको फूलमा सुवास खोज्ने आरोप लगाए। ‘अहिले परिस्थिति कस्तो छ भनेदेखिन्, दुबो, मखमली र गोदावली फूलको मालाको महत्व नबुझ्ने तर, कागजको फूलको सुवास खोज्ने, त्यो परिस्थितिमा हामी हिडिराखेको जस्तो लाग्छ मलाई’, पूर्वराजा ज्ञानेन्द्रले भने, ‘नेतृत्व नभा जस्तो देखिएको छ।’

उनले आफू नेतृत्व लिन तयार भएको र त्यसका लागि जनताले साथ दिनुपर्नेमा विशेष जोड दिए। ‘सबै जनताको इच्छा हुनुपर्छ र यो कुरा गर्दा फेरि सक्रिय भयो भन्ने कुरा निस्केला। यो सक्रिय हुने र नहुने बेला होइन’, उनले भने, ‘देशको परिस्थितिले मागेको समय आए जस्तो लाग्छ। तर, म फेरि दोहोर्याउछु सबैले यो चाहना गर्नुपर्छ।’

उनले तिहार परिवारमा बस्ने र खुशीयाली मनाउने पर्व भएको उल्लेख गर्दै खुशी भएर बस्न सबैलाई आग्रह गरे। ‘आजको दिन परिवारसँग बस्ने दिन हो र परिवारसँग रमाइलो गरेर बस्ने दिन हो, यो दिनमा सुरक्षित साथ रहनुहोस् खुशी भएर बस्नुहोस्’, उनले भने, ‘तर, जिम्मेवार सबै नागरिकलाई मैले भनेको कुरामा पनि ध्यान दिनुहोस् भन्ने कुरा आग्रह गर्दछु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.