कांग्रेसले ३० जिल्लाका उम्मेदवार टुंगो लगायो : गोरखामा बाबुरामलाई सघाउने
काठमाडौं : लामो कसरतपछि सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमध्ये प्रतिनिधिसभाका उम्मेदवारको टुंगो लगाएको छ। पहिलो चरणमा निर्वाचन हुने भनेर ३२ जिल्ला तोकिएको भए पनि कांग्रेसले भने ३० जिल्लाका उम्मेदवारको नाम मात्र टुंगो लगाएको हो।
कांग्रेसको संसदीय बोर्डको बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो। सिन्धुपाल्चोकमा राप्रपा प्रजातान्त्रिक र गोरखामा नयाँ शक्ति पार्टीसँग एक एक क्षेत्रमा तालमेल गरेर कांग्रेसले शनिबार उम्मेदवार टुंगो लगाएको हो।
कांग्रेस र नयाँ शक्तिबीच भएको सहमति अनुसार नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई कांग्रेसले गोरखा क्षेत्र नम्बर २ मा सहयोग गर्ने छ भने क्षेत्र नम्बर १ मा नयाँ शक्तिले कांग्रेसका चीनकाजी श्रेष्ठलाई सहयोग गर्ने छ।
उताच सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालाई कांग्रेसले सघाउने छ भने सिन्धुपाल्चोक १ मा राप्रपा प्रजातान्त्रिकले कांग्रेसलाई सघाउने छ। सिन्धुपाल्चोक १ मा कांग्रेसबाट सञ्चारमन्त्री मोहनबहादुर बस्नेत उम्मेदवार बनेका छन्।
कांग्रेस संसदीय बोर्डको बैठकले रसुवा र मुस्ताङमा भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन।
प्रतिनिधिसभामा कांग्रेसका उम्मेदवार
ताप्लेजुङ - केशव दाहाल
संखुवासभा -दीपक खड्का
भोजपुर -उमेशजंग रायमाझी
खोटाङ -सरस्वती बजिमय
सोलुखुम्बु - बलबहादुर केसी
ओखलढुंगा -रामहरि खतिवडा
सिन्धुपाल्चोक १ -मोहनबहादुर बस्नेत
दोलखा -रुद्र खड्का
रामेछाप -कान्छाराम तामाङ
नुवाकोट १ -डाक्टर रामशरण महत
नुवाकोट २ -अर्जुननरसिंह केसी
धादिङ १ - विश्व अर्याल
धादिङ २ -दिलमान पाख्रिन
लमजुङ -दिलबहादुर घर्ती
मनाङ -टेकबहादुर गुरुङ
म्याग्दी -खम्वीर गर्बुजा
गोरखा १ - चीनकाजी श्रेष्ठ
बाग्लुङ १ - चम्पादेवी खड्का
बाग्लुङ २ -निरज पुन
रुकुम पूर्व -गोपालजीजङ्ग शाह
रुकुम पश्चिम -वीरबहादुर ओली
रोल्पा -अमरसिंह पुन
जाजरकोट -राजीवविक्रम शाह
कालीकोट -भूपेन्द्रजंग शाही
हुम्ला -मंगल शाही
जुम्ला -देवेन्द्र शाही
मुगु -हस्तबहादुर मल्ल
डोल्पा -अंगद बूढा
बझाङ -पृथ्वीबहादुर सिंह
बाजुरा -कबिराज पण्डित
बैतडी -नरबहादुर चन्द
दार्चुला -विक्रम सिंह