पाँचथरमा धमाधम मनोनयन दर्ता : कांग्रेसलाई राप्रपाको साथ

पाँचथरमा धमाधम मनोनयन दर्ता : कांग्रेसलाई राप्रपाको साथ

फिदिम : मंसिर १० गते हुने प्रतिनिध र प्रदेशसभाका लागि पाँचथरमा धमाधम मनोनयन दर्ता भइरहेको छ । बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ता कार्यक्रममा नेपाली कांग्रेस, वाम गठबन्धनका एमाले र माओवादी केन्द्र, संघीय समाजवादी फोरम र संघीय लिम्बूवान मञ्च नेपालले मनोनयन दर्ता गरिसेका छन् ।

राप्रपाको समर्थनमा कांग्रेसले प्रतिनिधिसभाका लागि कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बे र प्रदेशसभा (क) मा कांग्रेस जिल्ला सभापति नरेन्द्रकुमार केरुङ र (ख) का लागि महासमिति सदस्य सुरेन्द्रकुमार दाहालको उम्मेद्वारी दर्ता गराएको हो ।

वाम गठबन्धकाबाट प्रतिनिधिसभाका लागि एमालेका बसन्त नेम्वाङ र प्रदेशसभा (क) का लागि निवर्तमा सांसद गणेश काम्वाङ र प्रदेशसभा (ख) मा माओवादी केन्द्रका मौसम लिम्बूको उम्मेद्वारी दर्ता गराएको हो ।

संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाका लागि प्रेमराज लावती र प्रदेशसभा (क ) का लागि बृखबहादुर वाइवा र (ख) का लागि एविराज आङ्देम्बेको उम्मेद्वारी दिएको हो । त्यस्तै संघीय लिम्बूवान मञ्च नेपालले पनि प्रतिनिधि सभाका लागि सागर केरुङ र प्रदेशसभा (क) मा हर्कजंघ लिङ्देन (ख) का लागि लावाहाङ चेम्जोङको उम्मेद्वारी दर्ता गराएको हो ।

साँझ पाँच बजेसम्म मनोनयन दर्ता गरिने मुख्य निर्वाचन अधिकृत मनोजकुमार केसीले जानकारी दिए । मनोनयन दर्ता गर्दै आङ्देम्बेले लोकतान्त्रिक शक्तिको समर्थनमा कांग्रेसले मनोनयन दर्ता गराएको बताए । उम्मेद्वारी दर्ताको क्रममा दलहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्ना कार्यकर्तासमेत उतारेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.