एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङबाट गरे उम्मेदवारी दर्ता
ताप्लेजुङ : वाम गठबन्धनको तर्फबाट एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले ताप्लेजुङबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन्। प्रदेशसका लागि (क) मा एमालेकै बलबहादुर सामसोहाङ र (ख) मा माओवादीका टंक आङबुहाङले उम्मेदवारी दर्ता गराएका छन्।
यता ताप्लेजुङ कांग्रेसको तर्फबाट प्रतिनिधिसभा केशवप्रसाद दाहाल, प्रदेशसभा (क) मा लिलादेवी बोखिम र (ख) मा दीपेन्द्रकुमार सेदाङले उम्मेदवारी दर्ता गराएका छन्। वाम गठबन्धनसहित सबै राजनीतिक दल उम्मेदवारी दर्ताका लागि बाजागाजासहित निर्वाचन कार्यालय पुगेका थिए।