रोल्पामा वाम गठबन्धनको उम्मेदवारी दर्ता

रोल्पामा वाम गठबन्धनको उम्मेदवारी दर्ता

रोल्पा : रोल्पामा वाम गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ। प्रतिनिधिसभाका लागि वाम गठबन्धनको तर्फबाट पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले उम्मेदवारी दिएका छन् । प्रदेश सभाका लागि जिल्लाको क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकै नेता कुलप्रसाद केसी ‘सोनाम’ र क्षेत्र नम्बर २ बाट नेता दीपेन्द्र पुन सिजलले उम्मेदवारी दर्ता गराएका छ्न्। आइतबार दिउँसो २ ः ३० बजे बाजागाजासहित कार्यकर्ताको साथमा उम्मेदवारी दर्ता गराइएको हो।

वाम गठबन्धनको सहमति अनुसार रोल्पामा माओवादी केन्द्रले संघ र प्रदेश दुवैमा उम्मेदवारी दिएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन नेकपा एमाले, माओवादी केन्द्रका नेता कार्यकर्ताले वाम गठबन्धन जिन्दावादको नारा लगाउदै पुगेका थिए।

एमालेका पोलिट ब्यूरो सदस्य गोकुल घर्तीको प्रस्तावमा केन्द्रका तर्फबाट संघीय संसदमा नेता अनन्तले उम्मेदवारी दिएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुरेन्द्र घर्तीले बताए। सोनामको प्रस्तावकमा सुवर्णावती गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्ती छन् भने सिजलको प्रस्तावकमा लोकमान ओली रहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.