भोजपुरमा उत्साहका साथ मनोनय दर्ता

भोजपुरमा उत्साहका साथ मनोनय दर्ता

भोजपुर : मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाका लागि भोजपुरमा आइतबार उम्मेदवारको मनोनयन दर्ता उत्साहजनक ढंगले सम्पन्न भएको छ।आइतबार मध्यान्ह १२ बजेदेखि सुरु मनोनयन दर्तामा प्रदेश सभाका लागि क्षेत्र १ तर्फ स्वतन्त्रबाट खुशीराज गुरुङले खाता खोलेका थिए। मनोनयन दर्ताकै क्रममा मंगोल अर्गनाइजेसनले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ चन्द्र वान्तावा, प्रदेशतर्फ क्षेत्र१ मा महेश राईको नाम दर्ता गराएको थियो। त्यसपछि नेकपा क्रान्तिकारी माओवादी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको तर्फबाट प्रतिनिधिसभाका लागि डिल्लीराम बोहोरा, प्रदेशतर्फ क्षेत्र १ बाट आङडेन्डी शेर्पा र क्षेत्र २ बाट देवीप्रसाद राईको नाम मनोनयन गरेको छ ।

 नेकपा एमाले र माओवादी केन्द्रबीच भएको वामगठबन्धनले प्रतिनिधि र प्रदेशसभाका लागि भागबन्डा गरिएको भोजपुरबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुदन राई, प्रदेश सभाका लागि क्षेत्र १ का लागि एमालेका राजेन्द्र राई र प्रदेश सभाकै लागि क्षेत्र २ बाट एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वसूचना तथा सञ्चार मन्त्री शेरधन राईलाई प्रत्यक्षतर्फको उम्मेदवारीको नाम मनोनयन दर्ता गराएका छन्।

भोजपुरमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धनले पनि प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवारी टुंगो लगाएको छ। गठबन्धनले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उमेशजंग रायमाझी, प्रदेश सभातर्फ भोजपुर क्षेत्र १ बाट संघीय समाजवादी फोरमका सचिव अजम्बर राई काङमाङ र क्षेत्र २ बाट कांग्रेसका गोविन्द कार्कीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।

भोजपुरबाट आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि कुल १ लाख १३ हजार आठ सय ९१ मतदाताले मतदान गर्न सहभागी हुने भएका छन्। गत साउनदेखि भदौ ३ गतेसम्म गरिएको फोटोसहितको मतदाता नामावली संकलनमा थप भएका आठ हजार तीन सय ३७ गरी सो बराबरको मतदाता संख्या पुगेको छ। त्यस्तै ८७ मतदान स्थल र १ सय ४८ मतदान केन्द्र रहेको भोजपुुरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सुरक्षाका लागि ४ सय ९२ जना म्यादी प्रहरी खटिने भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.