रुकुममा मनोनयन दर्ता : वाम गठबन्धन र कांग्रेसको प्रतिस्पर्धा हुने

रुकुममा मनोनयन दर्ता : वाम गठबन्धन र कांग्रेसको प्रतिस्पर्धा हुने

रुकुमः रुकुममा वाम गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मुख्य प्रतिस्पर्धा हुने भएको छ । वामको गठबन्धनको तर्फबाट पूर्वी रुकुमबाट प्रतिनिधिसभाका लागि कमला रोकाले उम्मेदवारी दर्ता गराएकी छिन् भने प्रदशेसभा १ मा तेजबहादुर ओली र २ मा पूर्ण घर्तीको उम्मेदवारी दर्ता भएको छ ।

पूर्वी रुकुममा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा हरिशंकर घर्तीमगरले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा क्षेत्र १ मा दूतकुमार पुन र २ मा दत्तबहादु बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । पूर्वी रुकुममा माओवादीबाट असन्तु पूर्णिराज घर्तीले प्रदेशसभा १ र तेजेन्द्र
खामले प्रदेशसभा क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उता पश्चिम रुकुममा वाम गठबन्धनको तर्फबाट माओवादी नेता एवम् विना विभागीय मन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा क्षेत्र १ मा रातो कामी र २ मा गोपाल शर्माको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसले भने प्रनिनिधिसभा गोपालजीजंग शाह र प्रदेशसभा क्षेत्र १ कृष्णबहादुर रोकाए र २ मा खड्क डाँगीको उम्मेदवारी दर्ता गराएको छ ।

रुकुममा कांग्रेस र वाम गठबन्धनसँगै नयाँ शक्ति, संघीय समाजवादी, नेकपा (माले) र राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दर्ता गराएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.