एमाले र कांग्रेस कार्यकर्ताबीच झडप : पाँच घाइते

एमाले र कांग्रेस कार्यकर्ताबीच झडप : पाँच घाइते

गमगढी : छायानाथ रारा नगरपालिका वडा नम्बर ७ बाट नारा जुलुससहित आएको नेकपा एमाले र नेपाली कांग्रेस नेता कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। दुवै समूहबीच नगरपालिकाको वडा नम्बर चारमा पर्ने बुका खोला भन्ने स्थानमा भेट हुँदा विवाद भएको हो। अगाडि रहेको नेपाली कांग्रेसका कार्यकर्ताले एमालेको जुलुसलाई ढुङ्गा हानेपछि एमाले कार्यकर्ता छायानाथ रारा नगरपालिका—७ का ५५ वर्षीय चैते शाही ३० बर्षका हर्ष बम र २५ वर्षीय रमेश शाही घाइते भएका छन् भने आफुमाथि ढुङ्गामुढा गरी आफ्ना तीन कार्यकतालाई घाइते बनाएपछि एमालेका कार्यकर्ता हानेको ढुङ्गा लागेर कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् ।

 

सदरमुकाम तर्फ अगाडि बढेका दुवै समूहबीच नजिकै बोटु धारा भन्ने स्थानमा ढुंगा हानाहान हुँदा दुवैतर्फ दुई–दुई जना घाइते भएका र उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमकिरण बोगटीले जानकारी दिए। विवादको सुरुवात सुरु गर्ने विषयलाई दुवै दलले एक अर्कालाई आरोप लगाई रहेका छन्।

विवाद टुङ्गिएर गमगढी नजिकरहेको चैना खोला पुग्दै गरेको एमालेको जुलुसलाई कांग्रेस सर्मथक कार्यकर्ताले माथिबाट ढुङ्गामुढा गरेका थिए। कांग्रेसका कार्यकताले आफ्नो पार्टीको जुलुसमाथि ढुङ्गामुढा गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यलयमा सुरक्षा निकायले सुरक्षा नगरेको भन्दै तनावग्रस्त बनेको थियो ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.