धन्यवाद केकी आन्टी

धन्यवाद केकी आन्टी

काठमाडौं : पहिलोपटक चलचित्रमा अभिनय गर्न लागेका बालकलाकार कुशाग्र भट्टराईलाई परिचय गराउन मञ्चमा बोलाएपछि उनी बोल्न तम्सिए । चलचित्रमा आफूलाई मौका दिएकोमा सुरुमै निर्मात्रीप्रति आभार प्रकट गरे, ‘धन्यवाद केकी आन्टी ।' मञ्चमा बसेकामात्रै होइन, कार्यक्रममा सहभागीहरूबीच हाँसोको फोहोरा छुट्यो । उद्घोषक रीमा विश्वकर्माले कुशाग्रलाई सच्याइन्, ‘आन्टी होइन केकी दिज्यू भन्नू ।' कुशाग्रले दोहोर्‍याए, ‘धन्यवाद केकी दिज्यू ।'

 

चलचित्र ‘स्वर'बाट रजतपटमा डेब्यु गरेकी अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस'को घोषणा कार्यक्रमको झलक हो यो । केकीको जूनकीरी आर्टस् ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र आइतबार राजधानीमा एक कार्यक्रमबीच घोषणा गरिएको हो । ‘मैले बाहिरको कुरा बुझ्न थालेदेखि नै चलचित्र के हो भन्ने बुझ्ने मौका पाएँ । सानैदेखि चलचित्रप्रति मेरो रुचि थियो', केकीले भनिन् । अभिनय आरम्भ गरेदेखि नै चलचित्र निर्माण गर्ने सपनाले पूर्णता पाएको उनले बताइन् ।

दर्जनौं म्युजिक भिडियो निर्देशन गरेका विशाल भण्डारीको निर्देशन रहने यस चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपाने, रवीन्द्र झा, बुद्धि तामाङ, सुजन कार्की, बालकलाकार कुशाग्र आदिको अभिनय रहनेछ । ‘चलचित्रले एउटा सपनाको कथा बोल्नेछ', निर्देशक भण्डारीले भने । चलचित्र हास्य विधामा हुने भएकाले दर्शकको मन जित्ने विश्वास पनि उनले व्यक्त गरे ।

अभिनेत्री प्रियंका कार्कीले मिलनसार साथी केकीले यति छिटो चलचित्र बनाउने कुरा आफूले नसोचेको बताइन् । ‘केकीको नम्र स्वभाव र सबैलाई आदर गर्ने बानीबाट म प्रभावित छु', प्रियंकाले भनिन्, ‘जूनकीरी आर्टस्ले पहिलो चलचित्रमै मलाई विश्वास गरेकोमा खुसी लागेको छ ।'

शान बस्न्यातको लेखन, राजनराज शिवाकोटी, अर्जुन पोखरेल र कालीप्रसाद बास्कोटाको संगीत, गम्भीर विष्टको नृत्य र अर्जुन तिवारीको छायांकन रहने यो चलचित्र निर्माणमा केकीलाई भद्रबहादुर शाही, देवीलाल न्यौपाने (पण्डित) र शिवप्रसाद चौलागाईंले साथ दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.