फोरम र राजपाबीच सिट बाँडफाँटको सहमति

फोरम र राजपाबीच सिट बाँडफाँटको सहमति

काठमाडौं : चुनावी तालमेलबारे चरणबद्ध छलफलमा रहेको संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच २ नं प्रदेशमा सिट बाँडफाँट सहमति नजिक पुगेको छ। दुई पार्टीबीच उम्मेदवारका विषयमा कुरा मिलिसकेको भए पनि नेपाली कांग्रेससँग पनि छलफल चलिरहेको र यही १० गतेभित्र सिट बाँडफाँट टुङ्ग्याइने निर्वाचनका लागि सिट तालमेल कार्यदलका सदस्य एवं राजपाका नेता मनिष सुमनले जानकारी दिए।

‘कांग्रेस र फोरमसँगको वार्ता करिब सहमति नजिक पुगेको छ, लोकतान्त्रिक गठबन्धनले कसरी विजय सुनिश्चित गर्नसक्न सोही आधारमा तालमेल गरी उम्मेदवार उठाउन अहिले अध्ययन गरिरहेका छौँ’,उनले भने।

समाजवादी फोरमको तर्फबाट कार्यदलका सदस्य राम नरेशराय यादवले उम्मेदवारको तालमेलबारे करिब सहमति नजिक पुगेको बताए। प्रतिनिधि र प्रदेशसभामा कस्ता र कुन उम्मेदवारलाई उठाउने भन्नेबारे केही असमझदारी रहेकाले त्यो चाँडै टुंगिने उनको भनाइ छ।

दुई पार्टीबीच प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सिट संख्या टुंगो लागेको बताइएको छ। फोरम-राजपाले काँग्रेससँग पनि निर्वाचनमा तालमेल गर्ने अनौपचारिक सहमति गरेअनुरुप छलफल चलिरहेको छ। फोरम र राजपाबीच सहमति भएपछि मात्रै काँग्रेससँग छलफल गर्ने नेता सुमनले बताए।रासस 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.