कांग्रेस सत्ताकेन्द्रित बन्दा सिद्धान्तबाट बिचलितः जोशी

कांग्रेस सत्ताकेन्द्रित बन्दा सिद्धान्तबाट बिचलितः जोशी

दमौलीः नेपाली कांग्रेसका पूर्व सह महामन्त्री एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीले कांग्रेस बीपीको आदर्शबाट बिमुख भएको आरोप लगाएका छन् । पछिल्लो समय कांग्रेसले नीतिगत भन्दा पनि सत्ताको राजनीतिले प्रेरित भएर गठबन्धन गरेको उनले गुनासो गरे । तनहुँको दमौलीमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्ता गतिविधिले कांग्रेसलाई आफ्नो आदर्शबाट बिचलित गराएको बताए ।

 विगतको चुनावमा माओवादी केन्द्रसँगको सहकार्य तथा अहिले नयाँ शक्तिलगायतका दलसँगको गठबन्धन सबै सत्ताकेन्द्रित भएको उनको भनाई थियो ।
नेपाली कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यासी जोशीले आफूलाई पार्टीले टिकट दिनुपर्ने धारणा राखे ।

पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव लड्ने घोषणा गरेको क्षेत्रमा चुनाव लड्ने तयारीका साथ पार्टी टिकटका लागि लबिङ गर्दै आएका उनले आफूलाई उठाए मात्र सो क्षेत्रमा जित निश्चित रहेको बताए । पार्टीमा वरिष्ठ नेताको पहिचान बनाइसकेकाले पौडेलले अरु कुनै क्षेत्रबाट पनि चुनाव लड्न सक्ने तर्क गर्दै जोशीले निर्विवाद भएर पार्टीका हितमा निर्णय गर्न सुझाव दिए । ‘उहाँले सबैलाई चित्त बुझाएर आफूले ठाउँ रोज्नुपर्ने हो,'उनले भने ।

नेता जोशी केही समययता पार्टीको तर्फबाट टिकट पाउनका लागि दबाबमूलक कार्यक्रमका साथ जिल्ला तथा राजधानीमा सक्रिय छन् । तर सोही क्षेत्रबाट टिकटका लागि वरिष्ठ नेता पौडेलसँगै अर्का केन्द्रीय सदस्य शंकर भण्डारी र गोविन्द भट्टराईबीचको प्रतिष्पर्धालाई जोशीले सामना गरिरहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.