चुनावै पिच्छे दल फेर्दै आएका पूर्व मेयर श्रीवास्तव अब फोरम नेपालमा

 चुनावै पिच्छे दल फेर्दै आएका पूर्व मेयर श्रीवास्तव अब फोरम नेपालमा

वीरगन्ज :  पञ्चायतकाल पछि मुलुकमा भएका हरेक चुनावमा दल फेर्दै आएका वीरगन्जका पूर्व मेयर विमल श्रीवास्तवले आसन्न प्रदेश प्रतिनिधी र प्रदेशसभा निर्वाचनको पुर्व सन्ध्यामा फेरि पार्टी परिवर्तन गरेका छन् । पञ्चायतकालमा दुई पटक र त्यसपछि पनि दुइ पटक गरि चार पटक सम्म वीरगन्जको मेयरको जिम्मेवारी सम्हाल्ने अवसर पाएका श्रीवास्तव स्थानीय तहको निर्वाचनमा वीरगन्जको मेयरमा राजपाले टिकट नदिएपछि भदौ तेश्रो साता पार्टी परित्याग गरि नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरेका थिए ।

 

लोकतान्त्रिक फोरमका तर्फबाट मेयरमा चुनाव लडेर पाजित भएका श्रीवास्तव अब भने संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्न लागेका हुन् ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक फोरमका तर्फबाट वीरगन्जको मेयरमा चुनाव लडेर पराजित भए लगत्तै उनी विभिन्न दलमा प्रवेश गर्ने हल्ला चलेको थियो । निर्वाचन लगत्तै उनी फोरम नेपालमा प्रवेश गर्ने हल्ला चल्यो तर त्यसको केही दिन पछि नै उनी एमालेमा दलबलसहित प्रवेश गर्ने खबरले सामाजिक सञ्जालमा चर्चा पाएको थियो । असोज अन्तिम साता भने श्रीवास्तव काँग्रेसमा प्रवेश गर्ने हल्लाले पनि केही दिन स्थान पाएको थियो ।

तर बुधबार बिहान वीरगन्ज स्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर श्रीवास्तवले आफु फोरम नेपलमा प्रवेश गर्न लागेको घोषणा गरेका हुन् । आगामी शुक्रबार वीरगन्जमा फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको उपस्थितीमा हुने कार्यक्रममा आफु औपचारिक रुपमा फोरम नेपालमा प्रवेश गर्ने उनले बताए ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फको टिकट लिने शर्तमा श्रीवास्तवमा फोरम नेपालमा प्रवेश गर्न लागेका हुन् । तर पत्रकार सम्मेलनमा श्रीवास्तवले भने आफु नीशर्त फोरम नेपालमा प्रवेश गर्न लागेको बताए ।

परिस्थितिवश फोरम नेपालमा प्रवेश गर्न लागेको हुँ‘,उनले भने,‘पार्टी प्रवेशका लागि मैले कुनै शर्त राखेको छैन, विना कुनै शर्त प्रवेश गर्दैछु । पञ्चायतकालमा दुई पटक मेयर भएका श्रीवास्तव २०४६ सालमा बहुदलीय व्यवस्था लागु भएपछि राप्रपामा प्रवेश गरेका थिए । २०४९ सालमा राप्रपबाटै वीरगन्जको मेयरमा चुनाव लडेका श्रीवास्तव पराजित भएका थिए । त्यसपछि २०५४ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र चुनाव लडेका उनी मेयरमा निर्वाचित भएका थिए । २०५९ सालमा शाहीकालमा फेरि राप्रपाबाट चुनाव लडेका उनी मेयरमा निर्वाचित भएका थिए ।

श्रीवास्तवले २०५६ सालको निर्वाचनमा भने पर्सा क्षत्र नम्बर १ बाट चुनाव लडेका काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराइलाई समर्थन गरेका थिए ।
त्यसपछि फेरि राप्रपामै फर्किएका श्रीवास्तव पहिलो संविधानसभा निर्वाचनमा राप्रपाबाटै र दोश्रो संविधानसभा निर्वाचनमा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाबाट पर्सा क्षेत्र नम्बर १ मा चुनाव लडेका थिए । तमलोपा सहित ६ मधेसी दल मिलेर राजपाको गठन भएपछि उनलाई राजपाको केन्द्रीय कार्य समितिमा सहमहामन्त्री बनाइएको थियो ।

बधुबारको पत्रकार सम्मेलनमा नेताहरु पुरुषोत्तमलाल झा, शशीकपुर मिया , चन्दन मिश्रा, सुधिरनाथ पाण्डे, रन्जन मिश्रा लगायतको पनि उपस्थिती थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.