गृह प्रवक्तामा दुवाडी
काठमाडौ : गृह मन्त्रालयले शान्ति सुरक्षा महाशाखा प्रमुखमा नारायणप्रसाद शर्मा दुवाडीलाई ल्याएको छ। दुवाडी गृह मन्त्रालयको प्रवक्ता समेत हुन्।
दुवाडी यस अघि मकवानपुरको प्रमुख जिल्ला अधिकारी थिए। तत्कालीन गृह प्रवक्ता रामकृष्ण सुवेदीलाई गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको जिम्मा दिइएको छ।
तत्कालीन गृहमन्त्री जनार्दन शर्माले सुवेदीलाई शान्ति सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारी दिएका थिए। गृहमन्त्रीको जिम्मेवारी समेत प्रधानमन्त्री शेरबहादुर देउवाले लिएपछि दुवाडीलाई शान्ति सुरक्षा महाशाखा प्रमुख एवं गृह प्रवक्ताको जिम्मेवारी दिएको हो।
गृहसचिव मोहनकृष्ण सापकोटा र प्रवक्ता दवाडीले बुधबारबाट कार्यभार सम्हालेका छन्।