राप्रपाकी पूर्वसांसद कांग्रेस प्रवेश

राप्रपाकी पूर्वसांसद कांग्रेस प्रवेश

नुवाकोट : डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेका एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका तर्फबाट नुवाकोटमा उम्मेदवारी दिएकी निवर्तमान सांसद राज्यलक्ष्मी पाण्डे श्रेष्ठ बुधवार नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । नुवाकोटको ३० वर्ष पुरानो विदुर नगर क्षेत्रमा लोकप्रिय नेतृ श्रेष्ठ २०५४ सालको स्थानीय तहको निर्वाचनमा राप्रपाको तर्फबाट विदुर नगरपालिकामा उपमेयरको प्रतिस्पर्धी भएदेखि निरन्तर उक्त पार्टीको विभिन्न तहमा रही राजनीतिमा क्रियाशिल थिइन् । २०७० सालपछि संविधानसभा र व्यवस्थापिका संसदको सदस्यका रुपमा पनि श्रेष्ठको भूमिका प्रशंसनीय रहेको थियो ।

 

एकिकृत राप्रपा राष्ट्रवादीका केन्द्रीय अध्यक्ष लोहनीले बुधबारै पार्टीले राज्यलक्ष्मीको उम्मेदवारी रद्ध गरेको लिखित जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुर नुवाकोटलाई गराएका छन् ।

नेतृ श्रेष्ठको कांग्रेस प्रवेशसंगै नुवाकोटमा वाम गठवन्धन तथा कांग्रेस वृत्तमा छुट्टै तरंग पैदा भएको छ वाम गठवन्धनको बहुमत रहेको नुवाकोटमा नेतृ श्रेष्ठको कांग्रेस प्रवेश अर्थहिन रहेको एकिकृत राप्रपा राष्ट्रवादी नुवाकोटका अध्यक्ष झनक प्याकुरेलले बताए । श्रेष्ठले कांग्रेस नेता अर्जुननरसिंह केसीको समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.