कांग्रेस उम्मेदवार सोमबारसम्म

कांग्रेस उम्मेदवार सोमबारसम्म

काठमाडौं : कांग्रेसले दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोमबारसम्म उम्मेदवार तय गर्र्ने भएको छ । संसदीय समितिको बुधबार बसेको बैठकले सोमबारसम्म उम्मेदवार तय गर्ने सहमति गरेको हो ।

 

आफ्ना उम्मेदवार छान्नुअघि कांग्रेसले लोकतान्त्रिक गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल, राप्रपा र राप्रपा (प्रजातान्त्रिक) सँग बिहीबार छुट्टाछुट्टै वार्ता गर्ने भएको छ । कांग्रेसले गठबन्धनमा सहभागी चार दलसँग सिट तालमेल र चुनावी मुद्दाबारे बिहीबार टुंगो लगाउने जनाएको छ । संसदीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले पहिलो चरण निर्वाचन हुने ३२ जिल्लामा बागी उम्मेदवारी दिनेविरुद्ध कडा निर्णय लिने चेतावनी दिएका थिए ।

बैठकमा १६५ स्थानमध्ये कांग्रेस एक्लैले ४५ देखि ५५ सिट र गठबन्धनमा रहने दलको इमानदारीमा ७५ सिटसम्म जित्नसक्ने विषयमा छलफल भएको एक सहभागीले जानकारी दिए । प्रतिनिधिसभातर्फ २८ सिट रहेको प्रदेश १ मा ठिकै, ३२ सिट रहेको प्रदेश २ मा अति राम्रो, ३३ सिट रहेको प्रदेश ३ मा सन्तोषजनक, १८ सिट रहेको प्रदेश ४ मा प्रतिस्पर्धात्मक, २६ सिट रहेको प्रदेश ५ मा राम्रो, १२ सिट रहेको प्रदेश ६ मा तीव्र प्रतिस्पर्धा र १६ सिट रहेको प्रदेश ७ मा अति राम्रो अवस्था रहेको कांग्रेसले विश्लेषण गरेको छ ।


उम्मेदवार छान्नुअघि कांग्रेसले लोकतान्त्रिक गठबन्धनमा आबद्ध फोरम नेपाल, राजपा र दुवै राप्रपासँग बिहीबार छुट्टाछुट्टै वार्ता गर्ने ।

समिति बैठक गठबन्धनको एकता र चुनावी तालमेलमै केन्द्रित रहेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । गठबन्धनसँगको गम्भीर वार्तालाई पूर्णता दिँदै सोमबारसम्म निर्णयमा पुग्ने उनले बताए । अर्का नेता रमेश रिजालले बिहीबार ८ बजे दुवै राप्रपासँग छलफल, त्यसपछि पुनः समितिको बैठक, त्यसपछि फोरम नेपाल र राजपासँगको बैठक हुने बताए । ‘दोस्रो संविधानसभा र स्थानीय तह निर्वाचनमा कहाँ, कसले, के-कति स्थान पाए, त्यसैका आधारमा लोकतान्त्रिक गठबन्धनको सिट तालमेल हुन्छ', उनले भने ।

प्रदेश २ मा कांग्रेस एक्लैले प्रतिनिधिसभातर्फ ३२ मध्ये २० स्थानमा चुनाव जित्ने भएकाले त्यसमा प्रदेशसभातर्फ फोरम नेपाल र राजपालाई बढी सिट दिने पक्षमा रहेको उनको भनाइ छ । पहाडमा ३७ मध्ये १५ सिटसम्म जित्ने आकलन गरिएको डा. प्रकाशशरण महतले बताए । निर्वाचनको तयारीका लागि बालकृष्ण खाँडको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति गठन गरेको छ । महेश आचार्य नेतृत्वको घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्रको खाकामा आवश्यक सुझाव समेटी अन्तिम रूप दिइएकाले शनिबारसम्म सार्वजनिक हुने भएको छ ।

फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले लोकतान्त्रिक गठबन्धनमा फोरम नेपाल र राजपाले करिब ५० सिट माग गरेको बताए । उनले भने, ‘१६५ मा ५० सिट आफूहरूलाई, दिएपछि कांग्रेसले अन्य दललाई केही सिट दिँदै करिब सय सिटमा उम्मेदवारी दिन सक्छ । यद्यपि, यो विषयले निकास पाउन अझै केही दिन लाग्छ ।' तालमेलकै विषयमा कांग्रेस नेता विमलेन्द्र निधिले बुधबार राजपाका अध्यक्ष महन्थ ठाकुर र सर्वेन्द्रनाथ शुक्लासँग वार्ता गरेको स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.