डेढ दर्जन विद्यार्थी नेता प्रतिस्पर्धामा

डेढ दर्जन विद्यार्थी नेता प्रतिस्पर्धामा

काठमाडौं : मंसिर १० गते हुन लागेको संघ र प्रदेशसभा निर्वाचनमा विद्यार्थी संगठनको राजनीतिबाट आएका डेढ दर्जनभन्दा बढी नेता प्रतिस्पर्धामा उत्रेका छन्।प्रमुख दल कांग्रेस, एमाले, माओवादीलगायत साना दलले समेत आफ्नो पार्टीको विद्यार्थी संगठनबाट आएकालाई संघीय र प्रादेशिक सदस्यको उम्मेदवार बनाएका छन्। यसरी प्रतिस्पर्धामा आएकामध्ये केही पार्टीको केन्द्रीय राजनीतिमा जमिसकेका छन् भने केही भर्खरै चुनावी अनुभव लिँदै छन्।

 

एमालेले अनेरास्ववियुको पूर्वअध्यक्षदेखि केन्द्रीय समितिमा रहेर राजनीति गरेकालाई समेत संघ र प्रदेशसभाको सदस्य बनाएको छ। पूर्वअध्यक्ष तथा पार्टीसचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् भने पूर्वअध्यक्षहरू अरुण नेपाल सिन्धुपाल्चोक १ अन्तर्गत प्रदेश ‘क' बाट, राजेन्द्र राई भोजपुरको प्रदेश ‘क' बाट उम्मेदवार भएका छन्। अनेरास्ववियुकै केन्द्रीय समितिमा लामो समयसम्म विभिन्न भूमिकामा रहेका यज्ञराज सुनुवार ओखलढुंगाबाट प्रतिनिधिसभाको उम्मेदवार भएका छन्।

अनेरास्ववियुकै केन्द्रीय समितिमा रहेर काम गरिसकेका र महेन्द्ररत्न क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका विशाल भट्टराईले खोटाङबाट प्रतिनिधिसभामा र सचिवालय सदस्य तथा विदेश विभाग प्रमुखसमेत भइसकेका राजन राईले खोटाङकै प्रदेश ‘क' बाट उम्मेदवारी दिएका छन्। संगठनको वर्तमान कार्यसमितिका सचिव आरसी लामिछाने र मकर खड्का भोजपुर र गोरखाबाट प्रदेशसभा सदस्यका लागि सिफारिसमा परे पनि उम्मेदवार बन्न सकेनन्।


एमाले, कांग्रेस र माओवादीले विद्यार्थी संगठनबाट राजनीतिमा आएका नेताहरूलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्राथमिकता दिएका छन्।

माओवादी केन्द्रले अनेरास्ववियु (क्रान्तिकारी) का पूर्वअध्यक्ष तथा पार्टीका प्रभावशाली नेता देव गुरुङलाई लमजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। त्यस्तै, पूर्वअध्यक्ष देवेन्द्र पौडेल बाग्लुङ २ बाट तथा पूर्व केन्द्रीय सदस्य शक्ति बस्नेत जाजरकोटबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्।

क्रान्तिकारीकै नेता अनिल शर्मा रुकुमबाट, पूर्वउपाध्यक्ष युवराज चौलागाईं रामेछापबाट तथा माधव सापकोटा सिन्धुपाल्चोकबाट सिफारिसमा परे पनि अन्तिममा उम्मेदवार छनोटमा पर्न सकेनन्। संगठनका पूर्वअध्यक्ष रमेश मल्लले भने, ‘एमालेसँग भएको गठबन्धनका कारण सम्भावना भएका धेरै युवा नेता सिफारिसमा पर्न सकेनन्। सिफारिसमा परेकाहरू पनि भागबन्डा मिलाउनु परेकै कारण उम्मेदवार बन्न सकेनन्।'

कांग्रेसनिकट नेविसंघबाट पनि निवर्तमान केन्द्रीय उपाध्यक्ष जित शेरचन बाग्लुङ २ अन्तर्गत प्रदेशसभा ‘ख' बाट र पूर्वकेन्द्रीय सदस्य मन्जेश बम मल्ल ‘क' बाट संघका उम्मेदवार बनेका छन्। केन्द्रीय राजनीतिको प्रतिस्पर्धामा उनीहरू दुवैको यो पहिलो अनुभव हो। पूर्वउपाध्यक्ष भूपेन्द्रजंग शाही कालिकोटबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। उनी हाल कांग्रेसको युवा संगठन तरुण दलका केन्द्रीय महासचिव पनि हुन्। संघकै वर्तमान उपाध्यक्ष खड्ग डाँगी रुकुमको प्रदेशसभा ‘ख' बाट उम्मेदवार बनेका छन्। पूर्वउपाध्यक्ष रत्न कार्की रामेछापको प्रदेशसभा ‘क' तथा तथा पूर्वकेन्द्रीय सदस्य टेकराज शाही कालिकोटबाट प्रदेशसभा ‘क' मा उम्मेदवार छन्।

नेविसंघका पूर्वमहामन्त्री उमेशजंग रायमाझी भोजपुरबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। अध्यक्ष नैनसिंह महरले भने, ‘संघको कार्यसमितिमा बसेर काम गरिसकेका थुप्रै व्यक्ति सिफारिसमा परेका थिए। केहीले उम्मेदवार बन्ने मौका पाए, केहीले पाएनन्।' मंसिर २१ गते हुन लागेको दोस्रो चरण निर्वाचनका लागि पनि थुप्रै नेता सिफारिसमा परेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.