अबको नेपाल विकासको बाटोमाः सञ्चार मन्त्री

अबको नेपाल विकासको बाटोमाः सञ्चार मन्त्री

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने बताएका छन्। नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लगायतका लोकतान्त्रिक पार्टी आबद्ध लोकतान्त्रिक गठबन्धनद्वारा मंगलबार आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले समृद्ध नेपाल निर्माणका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आह्वान गरे।

 

सिन्धुपाल्चोक जिल्लाको शिक्षा, स्वास्थ्य, रोजगारी, बाटोको विकासका लागि पनि लोकतान्त्रिक गठबन्धनले सिन्धुपाल्चोकबाट आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन जित्‍नुपर्ने मन्त्री बस्नेतको भनाइ थियो।

सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवारसमेत रहुनभएका बस्नेतले सरकारले छिट्टै प्रत्येक विद्यालयमा कम्प्युटर र इन्टरनेटको व्यवस्था गर्ने तयारी गरिरहेको समेत जानकारी दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष तथा सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार पशुपतिशम्शेर जबराले आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराएको खण्डमा मुलुकमा द्रुतगतिमा विकास हुने दाबी गरे।

सिन्धुपाल्चोक जिल्लाबाट प्रदेश सभाका उम्मेदवारहरू निमा लामा, विष्णु खत्री, विकास तामाङ र राजेन्द्र श्रेष्ठले आगामी मंसिर १० गते हुने निर्वाचनमा सिन्धुपाल्चोक जिल्लाबाट आफूलाई मतदान गरी विजयी गराउन आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.