नयाँ बानेश्वरमा प्रचण्ड र ओलीको संयुक्त पत्रकार सम्मेलन
काठमाडौं : आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त पत्रकार सम्मेलन गर्दै छन् ।
आज (बिहीबार) दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित अल्फाविटा हाउसमा समसामयिक राजनीतिक र चुनावका सम्बन्धमा संयुक्त पत्रकार सम्मेलन गर्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।