संघीय समाजवादी फोरमका नेता साह कांग्रेस प्रवेश

संघीय समाजवादी फोरमका नेता साह कांग्रेस प्रवेश

काठमाडौं: संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं कपिलवस्तु निर्वाचन क्षेत्र नं.५ का सांसद अभिषेक प्रताप साह नेपाली कांग्रेस प्रवेश गरेका छन्।

तीन साता अघि पार्टी परित्याग गरेका साह बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस प्रवेश गरेका हुन्। उनलार्इ प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरे।

कार्यक्रममा देउवाका साथै बरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री शशांक कोइराला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, अर्थराज्म मन्त्री उदयशम्शेर राणा लगायत सहभागि थिए।

सांसद साहले मधेशी दलहरुले मधेशका मुद्दा चुनावी प्रयोजनका लागि मात्र गर्ने गरेको आरोप लगाए। मधेशका मुद्दा कांग्रेसले मात्र सम्बोधन गर्ने दावी गर्दै सांसद साहले भने 'आसन्न निर्वाचनमा लोकतान्त्रिक शक्तिलार्इ विजय गराउन सबै लोकतन्त्रवादीहरु एक ठाउँमा उभिनुपर्छ। कांग्रेसको जीतले मात्र लोकतन्त्र सुदृढ हुन्छ।' उनले चुनावअघिसम्म धेरै मधेशी दलका नेताहरु कांग्रेसमा आउने दावीसमेत गरे।

साह २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा २५ बर्षको उमेरमा सभासद विजयी भएका थिए।उनी त्यतिबेला सबैभन्दा कान्छा सभासद थिए। उनका बुबा कांग्रेसका नेता हुन् भने हजुरबुबा शिवप्रताप साह वीपी कोइरालाको मन्त्रिमण्डलमा अर्थराज्यमन्त्री रहेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.