४५ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

४५ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं : ४५ जिल्लामा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार ४५ जिल्लामै निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।

 दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदै छ । दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नम्बर ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर छन् ।

प्रदेश नम्बर ४ का तनहुँ, कास्की, स्याङ्जा, पर्वत र नवलपरासी (बर्दघाट सुस्ता पूर्व), प्रदेश नम्बर ५ का पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके, बर्दिया र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), प्रदेश नम्बर ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नम्बर ७ का कैलाली, कन्चनपुर, डडेलधुरा, अछाम र डोटीमा निर्वाचन हुँदै छ ।

दोस्रो चरणमा १ करोड २१ लाख ९८ हजार ८ सय ५२ मतदाताले मताधिकार प्रयोग गर्नेछन् । दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.