राष्ट्रपति भण्डारी पुख्र्यौली घर ताप्लेजुङमा
ताप्लेजुङ : ताप्लेजुङः राष्ट्रपति विद्यादेवी भण्डारी आज पुख्र्यौली घर ताप्लेजुङ पुग्दै छिन् । बिहान ८ बजे ताप्लेजुङ आउने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए । पहिले सुकेटार विमानस्थलमा उत्रने, त्यसपछि पाथिभरा दर्शन गर्न जाने कार्यक्रम रहेको उनले बताए ।
पाथिभराबाट फर्किएपछि सदरमुकाम फुङलिङमा कञ्चनजंघा संरक्षण क्षेत्रले आयोजना गरेको कार्यक्रमा सहभागी हुने कार्यतालिका रहेको छ । राष्ट्रपति भण्डारी त्यसपछि मैवाखोला गाउँपालिका वडा नं २ ढुङ्गेसाँघुमा रहेको आफ्ना श्रीमान मदन भण्डारीको पुख्र्यौली घर जाने छिन् । त्यहाँ नागरिक अभिनन्दनपछि आजै काठमाडौ फर्कने कार्यतालिका रहेको छ ।