लोकतान्त्रिक गठवन्धनलाई बागी उम्मेदवारकै तनाव

लोकतान्त्रिक गठवन्धनलाई बागी उम्मेदवारकै तनाव

नुवाकोट :  मंसिर १० गते तय भएको प्रदेशसभा तथा संघीय निर्वाचनका लागि नुवाकोटमा लोकतान्त्रिक पक्षधरलाई बागी उम्मेदवारकै तनाव परेको छ । आफ्ना सक्रिय कार्यकर्ताले बागी उम्मेदवारी दिएको र फिर्ता नलिएपछि आफ्नो पक्षको मत काटिने डरले लोकतान्त्रिक पक्षधर दलहरु तनावमा परेका हुन्।
पछिल्लो समय नेपाली काँग्रेसमा परिवारवाद हावी भएको जनाउँदै कांग्रेस आवद्ध कार्यकर्ता बढी निराश देखिएका छन् । परिवारवादको अन्त्य नभएसम्म काँग्रेस नुवाकोटमा बलियो नहुने कांग्रेसका पुराना कार्यकर्ता बताउँछन् ।

 

पार्टीमा लामो समय त्याग गरेका नेता तथा कार्यकर्ताको पार्टीभित्रै मूल्याङ्कन हुन छाडेको कार्यकर्ताहरुको बुझाई छ । यस पटकको निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री अर्जुननरसिंह केसी र उहाँका भाई तथा निवर्तमान सांसद एवं कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी नुवाकोट क्षेत्र नं. १ बाट क्रमशः प्रतिनिसभा र प्रदेशसभा १ का उम्मेदवार छन् ।

एउटै क्षेत्रबाट केसीद्वयका मात्र होइन, क्षेत्र नं. १ मा डा.रामशरण महत र उनका भतिज रमेशकुमार महत पनि चुनावी मैदानमा उत्रिएका छन् । यसका कारण कतिपय कार्यकर्ता नेपाली कांग्रेस सिंगो पार्टी नै परिवारवाद र नातावादतर्फ उन्मुख भएको बताउन थालेका छन् । नुवाकोटको पूर्वी भेगमा रहेको बेलकोटगढी नगरपालिका वडा नं. १२ का बद्रीप्रसाद त्रिपाठी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा संलग्न रहेपनि यस पटक त्रिपाठीले आफ्नो पार्टीप्रति त्याग र मेहनतलाई मूल्यांकन गर्न नसकेको दाबी गर्दै प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेश क मा आफ्नो स्वतन्त्र उम्मेदवारी दिएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटमा दुई पटकसम्म काम गरेका त्रिपाठीलगायतका धेरै कार्यकर्ता पार्टी नीति, सिद्धान्त र विधान अनुसार सञ्चालन नभएको बताउँछन् । साविकको मदानपुर गाविसका गाउँ इकाई सभापतिसमेत रहेका त्रिपाठीले स्थानीय तहको निर्वाचनमा बेलकोटगढी नगरपालिकाबाट मेयर पदमा दावी गरेका थिए ।

गत वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा पार्टीले उनलाई टिकट दिएन । स्थानीय तहमा बसेर नेपाली कांग्रेसका लागि अहोरात्र खट्ने नेता तथा कार्यकर्ताको मूल्याङ्कन हुन नसकेको उनको दुखेसो रहेको छ । नेपाली काँग्रेसमा रहेर केन्द्रमा राजनीति गर्नेहरुको वरिपरी घुम्ने, पैसाको पहुँच भएका र अन्य पार्टीबाट आएकाहरुले स्थान जमाउँदै जाँदा पार्टीको संरचना नै ध्वस्त हुने अवस्थामा आइपुगेको त्रिपाठीको भनाई छ । त्रिपाठीले जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले कांग्रेसको संगठन बनाउनुको साटो भत्काउने काम गरेको र इमान्दारलाई पाखा लगाउने काम गरेको भन्दै आफूले उम्मेदवारी दिएको बताए ।

उनले जनमत आफ्नो पक्षमा रहेको भन्दै उम्मेदवारी फिर्ता नलिई अन्तिमसम्म चुनावी कार्यक्रम र मतदाताको माँझमा पुग्ने बताए । उम्मेदवारी फिर्ता गराउनका लागि धेरै दवाव आएपनि आफूले फिर्ता नगरेको बताउँदै त्रिपाठीले आफू नेपाली कांग्रेसको कार्यकर्ता भएको र केसी वा महत कसैको दास नभएको प्रतिक्रिया दिए।

पार्टीभित्रको परिवारवाद, नातावाद, धनीमानी, पैसावालालाई काखी च्याप्ने र आफू अनुकुलका व्यक्तिहरु हावी हुने परिपाटीको अन्त्य गर्नका लागि प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएको बताए। नेपाली कांग्रेसमा लागेर लामो समय बिताएका, निष्ठाको राजनीति गर्ने र दुःखको बेला पार्टीको अस्तित्व बचाउनेहरु पार्टीमा निर्धक्कसाथ अघि बढ्ने सम्भावना नदेखेपनि आफूले प्रदेशसभामा उम्मेदवारी दिएको त्रिपाठीले बताए ।

आफ्नो उम्मेदवारी कसैलाई सिध्याउनका लागि नभई स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी दिएको उनको भनाई छ। काँग्रेसभित्र धेरै कार्यकर्ताहरु अहिले पनि थिचोमिचो र दुःख झेलिरहेकाहरुलाई आफूलाई विश्वास गरेर जीप चिन्हमा मतदाता गर्ने अपेक्षा उनले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.