बजारको मुख्य चोककै मनी ट्रान्सफरबाट २० लाख चोरी

बजारको मुख्य चोककै मनी ट्रान्सफरबाट २० लाख चोरी

सिरहा : लहान बजारको मुख्य चोकमै रहेको एक मनी ट्रान्सफरबाट गएराति २० लाख बराबरको धनमाल चोरी भएको छ। लहान नपा १ स्थित कृष्णा मनी ट्रान्सफरबाट नगद ६ लाख र १२ लाख ५० हजार बराबरको रिचार्ज कार्ड चोरी भएको संचालक रामअशिस महतोले बताए।

उनका अनुसार ल्याप्टप, आइप्याड र कम्प्युटर स्क्यानर पनि १-१ थान चोरी भएको छ।

मनी ट्रान्सफरको पछाडिपट्टीको झ्याल फोडेर चोर प्रवेश गरेको संचालक महतोले बताए। उनले भने, ‘आज बिहान ८ बजे पसल खोलेपछि मात्र थाहा भयो। पसलमा सीसी क्यामेरा समेत जडान थियो। तर सिसि क्यामेराको तार काटेर चोरी गरेको छ। दुई वटा क्यामेरा पनि लगेको छ।’

यता, इलाका प्रहरी कार्यालय लहानका डीएसपी नरेशराज सुवेदीले चोरीबारे मनी ट्रान्सफर संचालकले अहिलेसम्म जानकारी नगराएको बताए। उनले चोरी भएको थाहा पाएपछि सत्यतथ्य बुझ्न प्रहरी पठाएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.