सार्क शिखर सम्मेलन शीघ्र गरौँ: राजदूत जावेद

सार्क शिखर सम्मेलन शीघ्र गरौँ: राजदूत जावेद

काठमाडौँ: नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औँ शिखर सम्मेलन शीघ्र हुनु पर्नेमा जोड दिएका छन्। यहाँस्थित पाकिस्तानी राजदूतावासमा शुक्रबार आयोजित 'क्षेत्रीय शान्ति र विकास' विषयक छलफल कार्यक्रममा उनले स्थगन भएको सम्मेलन आयोजना गर्न पाकिस्तान दृढ रहेको बताए।

सार्कलाई गतिशील तुल्याउनु सबै सदस्य मुलुकको कर्तव्य भएको भन्दै उनले क्षेत्रीय सहयोगका निम्ति सहकार्य अपरिहार्य भएको बताए।आर्थिक विकास एवं समृद्धि, व्यापार प्रवद्र्धन, सदस्य देशबीच जनस्तरको सम्पर्क विस्तार, जल, स्थल र हवाइ मार्गबाट एकापसमा सम्बन्ध एवं सम्पर्क स्थापनाबाटै दक्षिण एशियामा दिगो शान्ति र प्रगति सुनिश्चित हुने राजदूत जावेदको कथन थियो।

पूर्व राजदूत विष्णुहरि नेपालले द्विपक्षीय विषयलाई लिएर सार्क प्रक्रियामा अवरोध हुन नहुनेमा जोड दिँदै सार्कको अध्यक्ष नेपालले १९औँ शिखर सम्मेलन आयोजनाका निम्ति आवश्यक प्रयास गर्नुपर्ने आवश्यकता औँल्याए। पत्रकार राजन कार्कीले भारत–पाकिस्तान द्वन्द्वले सार्कका गतिविधि प्रभावित हुन नहुनेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.