प्रथम मेयर कप भलिबल प्रतियोगिता सुरु

प्रथम मेयर कप भलिबल प्रतियोगिता सुरु

बैतडीको पुरचौडी नगरपालिकामा प्रथम मेयर कप भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । खेलखुद क्षेत्रको विकास गर्ने उद्देश्यसहित भलिबल प्रतियोगिताको आयोजना गरिएको पुरचौडी नगरपालिकाले जनाएको छ।

नगरपालिका क्षेत्रभित्र रहेका खेलाडीहरुको प्रतिभा विकासका लागि भलिबल प्रतियोगिताको आयोजना गरिएको पुरचौंडी नगरपालिकाकी उपप्रमुख जयन्ती ऐर बमले बताइन्। उनले भनिन् ‘स्वस्थ नागरिकका लागि खेलकुद आवश्यक छ। ग्रामिण क्षेत्रबाट पनि खेलाडीहरुको विकासका लागि प्रतियोगिताको आयोजना गरेका हौं।’

भलिबल प्रतियोगिताको उद्घाटन गर्दै पूर्वसभाषद नरेन्द्र कुँवरले नगरपालिकाले भलिबल प्रतियोगिताको आयोजना गरेकाले ग्रामिण क्षेत्रमा खेलकुदका गतिविधि बढ्ने विश्वास व्यक्त गरे। उनले भने ‘भर्खरै स्थानीय तहमा जनप्रतिनिधि आएका छन्। स्थानीय तहका जनप्रतिनिधिले खेलकुद क्षेत्रमा चासो राखेकाले प्रतियोगिता आयोजना गरिएको छ। यसले सबै नागरिकलाई फाइदा हुन्छ।’

नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा ८ टिमको सहभागिता छ। प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २० हजारसहित शिल्ड, दोश्रो हुनेलाई नगद १५ हजारसहित, तेश्रोलाई नगद १० हजारसहित शिल्ड र सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई नगद ५ सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता शनिबार समापन हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.