दुई पेनाल्टीले बचायो रियललाई

दुई पेनाल्टीले बचायो रियललाई

 

म्याड्रिड : दोस्रो हाफमा प्राप्त दुई पेनाल्टी अवसरमा गोल सम्भव भएपछि रियल म्याड्रिडले स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा जित हात पारेको छ । तेस्रो डिभिजनको टोली फ्युन्लाब्राडालाई उसकै मैदानमा २-० गोलले पराजित गरेसँगै रियलले प्रतियोगिताको प्रिक्वार्टरफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । यसपछि आफ्नै मैदानमा हुने दोस्रो लेगको खेलमा यो नतिजालाई जोगाउन सकेको अवस्थामा रियल प्रतियोगिताको अन्तिम ३२ मा पुग्नेछ ।

क्रिस्टियानो रोनाल्डोलगायत पहिलो रोजाइका खेलाडीबिना नै मैदानमा उत्रिएको रियलको जितमा मार्को असेन्सियो र लुकाज भाजक्विजले पेनाल्टीमार्फत एक÷एक गोल गरेका थिए । फ्युन्लाब्राडाका खेलाडीले अर्कराफ हाकिमीलाई डी बक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीमा गोल गर्दै असेन्सियोले खेलको ६३औं मिनेटमा रियललाई १-० ले अघि बढाएका थिए । त्यस्तै अर्को अवसरमा भाजक्विजले खेलको ८०औं मिनेटमा रियलको अग्रता २-० मा पुर्‍याएका थिए । फ्युन्लाब्राडाका खेलाडीले थियो हर्नान्डेजलाई फल प्रहार गरेपछि रियलले दोस्रो पेनाल्टी अवसर पाएको थियो ।

 

‘उनीहरूले राम्रो सुरुआत गरेका थिए । तर, उनीहरूले त्यही रफ्तारमा खेललाई जारी राख्न सक्दैनन् भन्ने हामीलाई थाहा थियो’, जितपछि असेन्सियोले भने, ‘गोल गर्न सफल भएकोमा खुसी छु । म जति पनि समय मैदानमा रहन्छु, त्यसलाई राम्रोसँग सदुपयोग गर्न चाहन्छु ।’

म्याड्रिडको अर्को क्लब एट्लेटिकोका स्ट्राइकर फर्नान्डो टोरेसको नाम दिइएको स्टेडियममा भएको खेलमा फ्युन्लाब्राडाले भने रियललाई पेनाल्टी अवसर दिने निर्णय गलत भएको जनाउँदै सो निर्णयको विरोध गरेको छ । म्याड्रिड नजिकै रहेको टोरेस जन्मिएको सहरको क्लब फ्युन्लाब्राडाले आफ्नो स्टेडियमको नाम फर्नान्डो टोरेस राखेको हो । फ्युन्लाब्राडा खेलको ८०औं मिनेटपछि १० जनामा सीमित भएको थियो । रक्षक पाको क्यान्डेलाले दोस्रो पहेँलो कार्डमा मैदान छाडेका थिए । रियलको दोस्रो पेनाल्टी उनकै कारण सम्भव भएको थियो । खेलको अन्त्यतिर रियल पनि १० जनामा घटेको थियो । पहिलोपटक सिनियर टोलीका लागि खेलेका जिसस भाल्लेजोले सीधै रातो कार्ड पाएका थिए । रियलले अब आगामी नोभेम्बरमा आफ्नो स्टेडियम सान्टिआगो बर्नाब्युमा दोस्रो लेगको खेल खेल्नेछ ।

बिहीबार भएको अर्को खेलमा लस पाल्मसले शीर्ष डिभिजनकै टोली डिपोर्तिभो ला कोरुनालाई ४-१ को भारी अन्तरले पराजित गरेको छ । पाल्मसको यो पछिल्लो पाँच खेलको पराजयपछि पहिलो जित हो । जेरोनिमो फिगुइरोए र जोनाथन कल्लेरीले दुई÷दुई गोल गरेपछि पाल्मसले गत सेप्टेम्बरपछि पहिलो जित निकालेको हो । डिपोर्तिभोका लागि भने पछिल्लो १० खेलमा यो छैटौं पराजय बनेको छ ।

मिडफिल्डर सर्जियो कानल्सले खेलको ३२औं मिनेटमा डी बक्स बाहिरबाट गरेको सशक्त प्रहारमा गोल सम्भव भएपछि रियल सोसिडाडले पनि बिहीबार भएको पहिलो लेगको खेलमा जित हात पारेको छ । सोसिडाडले तेस्रो डिभिजनको टोली ल्लेइडालाई १-० ले पराजित गर्‍यो ।

यस्तै इमान्युइल ओकवेरे बोएटेङले पहिलो हाफ र चिइक डउकोउरेले दोस्रो हाफमा एक÷एक गोल गर्दा लेभान्तेले पनि गिरोनालाई २-० गोलले पराजित गर्दै प्रिक्वार्टरफाइनल प्रवेशको सम्भावना जीवितै राखेको छ । अर्को खेलमा भने स्प्यान्योलले टेनेरिफसँग गोलरहित बराबरी खेल्यो । दुवै टोलीबाट भएको गोल प्रयास सफल हुन नसक्दा खेल बराबरीमै रोकिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.