‘सार्क शिखर सम्मेलन चाँड गरौं'

‘सार्क शिखर सम्मेलन चाँड गरौं'

काठमाडौं : नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन चाँडै आयोजना हुनुपर्ने बताएका छन् ।पाकिस्तानी दूतावासले शुक्रबार राजधानीमा आयोजना गरेको ‘जम्मु र कस्मिर विवादको समाधान : क्षेत्रीय शान्ति र विकासका लागि आवश्यकता' विषयक प्रवचन कार्यक्रममा राजदूत जावेदले सार्क शिखर सम्मेलन आयोजना गर्न आफ्नो मुलुक प्रतिबद्ध रहेको बताए ।

भारत र पाकिस्तानबीचको मनमुटावले सार्क गतिहीन बनेको र यसको अस्तित्व नै संकटमा परेको विश्लेषण सार्क क्षेत्रमा भइरहेका बेला पाकिस्तानी राजदूतको यो भनाइ आएको हो । नेपाल सार्कको वर्तमान अध्यक्ष मुलुक हो । पाकिस्तानले नेपाललाई सार्क शिखर सम्मेलन आयोजनाका लागि अध्यक्षका नाताले पहल गरिदिनसमेत आग्रह गर्दै छ ।

भारतलगायत चार मुलुकले सन् २०१६ नोभेम्बर पहिलो साताका लागि पाकिस्तानमा निर्धारित १९ औँ सार्क शिखर सम्मेलन बहिष्कार गर्ने निर्णय गरेपछि शिखर सम्मेलन आयोजना हुन सकेको छैन । भारत, अफगानिस्तान, बंगलादेश र भुटानले पाकिस्तानले आतंकवादलाई प्र श्रय दिएको आरोप लगाउँदै इस्लामावादमा निर्धारित सार्क शिखर सम्मेलन बहिष्कार गरेका थिए । पाकिस्तानले आफू माथिका आरोपको खण्डन गर्दै सार्क शिखर सम्मेलन गर्न प्रतिबद्ध रहेको बताएको थियो । त्यसयता सार्क शिखर सम्मेलन आयोजना गर्नेबारे सदस्य मुलुकबीच छलफल चले पनि ठोस प्रगति हुन सकेको छैन ।

कार्यक्रममा राजदूत जावेदले राष्ट्रसंघीय सुरक्षा परिषद्ले पारित गरेको प्रस्तावअनुसार कस्मिर विवादको समाधान हुनुपर्ने र भारतले जारी राखेको मानवअधिकार उल्लंघन बन्द हुनुपर्ने बताए । कार्यक्रममा पूर्वराजदूत डा. विष्णुहरि नेपाल, पत्रकारद्वय सीताराम भट्टराई र राजन कार्कीले कस्मिर विवादको शान्तिपूर्ण समाधान हुनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.