विर्तामोड घटना छानबिन गर्न सरकारी टोली झापा आउँदै, बिर्तामोडमा कर्फ्यु जारी

विर्तामोड घटना छानबिन गर्न सरकारी टोली झापा आउँदै, बिर्तामोडमा कर्फ्यु जारी

विर्तामोडः शुक्रबार बिर्तामोडमा एक जनाको ज्यान जाने गरी भएको घटनाका बारेमा छानबिन गर्न सरकारले गठन गरेको ४ सदस्यीय उच्चस्तरीय टोली शनिबार झापा आउँदैछ ।

 गृह मन्त्रालयका सहसचिब बिरेन्द्रकुमार यादबको संयोजकत्वमा नेपाल प्रहरीका नायब महानिरीक्षक रमेशकुमार भट्टराई, सशस्त्र प्रहरीका नायब महानिरीक्षक चिरञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान निर्देशक हरिहर पौड्ेल सम्मिलित टोली शनिबार झापा आउने गृह मन्त्रालयले बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।

टोलीले ७ दिन भित्रमा शुक्रबारको घटनाका बारेमा छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुरक्षा सर्तकताका बारेमा समेत उल्लेख गरि प्रतिवेदन बुझाउने गृह मन्त्रालयले जानकारी दिएको छ ।

बिर्तामोडमा शुक्रबार दिउँसो १ः३० बजे जारी भएको कफर्यु अहिले पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए । स्थानीय प्रशासन ऐन अनुसार कफर्युको समयलाई ब्यवस्थापन गर्न बिर्तामोड बजार क्षेत्रमा सेना समेत परिचालन गरिएको छ ।

अर्जुनधारा नगरपालिका वडा नं. ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको असोज १४ गते भएको शंकास्पद मृत्युको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रेका मृतक बालकका आफन्त र स्थानीयबासी र प्रहरीबीच बिर्तामोडमा झडप हुँदा प्रहरीको गोली लागि शुक्रबार अर्जुनधारा ५ का नरेश थापाको मृत्यु भएका थियो भने दर्जनौ घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.