किर्गिस्तानसँग हार्‍यो नेपाल

किर्गिस्तानसँग हार्‍यो नेपाल

काठमाडौं : छनोट चरण पार गर्ने लक्ष्यसहित एएफसी यू-१९ छनोट च्याम्पियनसिपमा सहभागी भएको नेपाली युवा फुटबल टोलीलाई आफ्नो पहिलो खेलमै घरेलु टोली किर्गिस्तानको धक्का लागेको छ । समूह ‘ए’ अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल आयोजक किर्गिस्तानसँग २-० गोलले पराजित भयो । किर्गिस्तानको बिस्केकमा मंगलबार भएको खेलमा नेपालले २१औं मिनेटमा पहिलो गोल खाएको थियो ।

 

किर्गिस्तानका लागि बोरुबेबे गुल्जिगिटले गोल गर्दै घरेलु टोलीको उत्साह बढाएका थिए । नेपालले पहिलो हाफमा केही फितला मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । पहिलो हाफको तुलनामा दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको नेपालले ६०औं मिनेटमा बराबरी गोल फर्काउने मौका गुमाएको थियो । किर्गिस्तानका गोलरक्षक विट भएको अवस्थामा रोजिन सुब्बा गोल गर्नबाट चुकेका थिए ।

नेपालको तुलनामा बलियो देखिएको घरेलु टोलीले दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल थपेपछि नेपाल हार खेप्न बाध्य बन्यो । किर्गिस्तानका लागि दोस्रो गोल शुकुरोभ अलिमार्डोनले गरेका थिए । आफू समान टोली किर्गिस्तानसँगको हारले नेपाललाई अघिल्लो चरणमा पुग्न धेरै मिहिनेत गर्नुपर्ने देखिएको छ । नेपालले यसअघि उमेर समूहका अन्तर्राष्ट्रिय स्पर्धामा उत्कृष्ट ननिजा निकाल्दै आएको थियो ।

नेपालले एक महिनाअघि भुटानमा सम्पन्न यू-१८ साफ च्याम्पियनसिपको फाइनलमा भारतलाई हराएर उपाधि जितेको थियो । टोलीमा अहिले पनि साफ च्याम्पियनसिप खेलेकै खेलाडीको वर्चस्व रहेको छ । नेपाल सम्मिलत समूह ‘ए’ मा आयोजक किर्गिस्तानसँगै बहराइन, यूएई र ओमन छन् । यूएई र ओमन नेपालभन्दा धेरै बलिया मानिन्छन् । समूहको दोस्रो खेल नेपालले बिहीबार बहराइनसँग खेल्नेछ । यसैगरी तेस्रो खेल कात्तिक १८ गते यूएई र अन्तिम खेल कात्तिक २२ ओमानसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.