निर्वाचनको मुखमा ढुंगेल पक्राउ गर्नु षड्यन्त्र : माओवादी प्रवक्ता भुसाल

निर्वाचनको मुखमा ढुंगेल पक्राउ गर्नु षड्यन्त्र : माओवादी प्रवक्ता भुसाल

काठमाडौं : कर्तव्य ज्यान मुद्दामा फरार रहेका माओवादीका पूर्व सांसद बालकृष्ण ढुंगेलको गिरफ्तारीलाई माओवादी केन्द्रले षड्यन्त्र भनेको छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जनयुद्धका मुद्दामा पार्टी नेतालाई निर्वाचनको मुखमा पक्राउ गर्नु विस्तृत शान्तिसम्झौता विपरित भएको बताइन् ।

भुसालले द्वन्द्वकालीन मुद्दा टुंग्याउन बनेको सत्य निरुपण तथा मेलमिलाप आगोग क्रियाशिल रहेकै बेला ढुंगेललाई पक्राउ गर्नु षडयन्त्र भएको बताइन् । ‘यो घटना शान्तिसम्झौता विपरित हो, सरकारले क्षेत्राधिकार भन्दा बाहिर गएर ढुंगेललाई पक्राउ गर्‍यो। चुनावको मुखमा उनको गिरफ्तारी षढयन्त्र हो’, भुषालले अन्नपूर्णसँग भनिन् ।

सर्वोच्च अदालतबाट सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका ढुंगेल लामो समयदेखि फरार थिए । माओवादीले द्वन्द्वकालीन मुद्दा भएको भन्दै ढुंगेलको बचाउ गर्दै आएको थियो ।

माओवादीकै दबाबका कारण प्रहरी नेतृत्वले ढुंगेललाई पक्राउ गर्न सकेको थिएन । सर्वोच्च अदालतले हत्याका दोषी ठहर भएका ओखलढुंगा पोकली–२ का पूर्व सभासद ढुंगेललाई पक्राउ गर्न यसअघि पटक–पटक प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो। पछिल्ला दिनमा ढुंगेल पक्राउ नगरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएको थियो ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणमा ढुंगेललाई सर्वोच्च अदालतको संयुक्त इजलासबाट ०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो ।

डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ मंसिर २२ मा ढुंगेलमाथि लगाइएको मुद्दा द्वन्द्वकालिन भएको भन्दै आममाफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। तर, सर्वोच्चले हत्याका दोषीलाई आममाफी दिन नहुने भन्दै फैसला कार्यान्वयन गर्न आदेश दिएको थियो।

प्रहरीको कुन आँखाले देख्यो ढुंगेललाई ?

कर्तव्य ज्यान मुद्दामा फरार माओवादी नेता ढुंगेल पक्राउ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.