युथ एसिया कप क्रिकेट : नेपाल र भारत एउटै समूहमा

युथ एसिया कप क्रिकेट : नेपाल र भारत एउटै समूहमा

काठमाडौं : कात्तिक २३ बाट मलेसियामा सुरु हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) युथ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । मंगलबार सार्वजनिक खेल तालिकाअनुसार नेपालले कात्तिक २४ गते बंगलादेशसँग मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा प्रतिस्पर्धा गर्नेछ ।

 

नेपाल र टेस्ट मान्यताप्राप्त बंगलादेशसँगै प्रतियोगितामा अर्को टेस्ट राष्ट्र भारतको युवा टोली र आयोजक मलेसिया समूह ‘ए’मा परेका छन् । नेपालले वायुमास ओभलमा कात्तिक २५ गते भारतसँग दोस्रो खेल खेल्नेछ । यसैगरी कात्तिक २७ गते नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेलमा मलेसियाको सामना गर्नेछ । नेपालले मलेसियासहित भारत र बंगलादेशमध्ये एकलाई पराजित गर्न सकेको अवस्थामा सेमिफाइनलको यात्रा तय गर्न सक्नेछ ।

चार\चार टोली सम्मिलित दुवै समूहबाट विजेता र उपविजेता टोली प्रतियोगिताको अन्तिम चारमा पुग्नेछन् । सेमिफाइनलका विजेताले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’मा पाकिस्तान, श्रीलंका र अफगानिस्तानसहित पश्चिम एसियाको विजेता एक टोली (टुंगो लाग्न बाँकी) रहेका छन् । नेपाली टोली प्रतियोगिताको तयारीस्वरूप हाल बंगलादेशमा छ ।

नेपाली टोलीले बंगलादेशसँग तीनवटा अभ्यास खेल खेल्ने कार्यक्रम छ । नेपाली टोलीले बंगलादेशविरुद्ध बिहीबार, शनिबार र आइतबार अभ्यास खेल खेल्ने तय भएको छ । बंगलादेशको अभ्यास खेलपछि स्वदेश फर्किएर नेपाली टोली प्रतियोगिता खेल्न मलेसिया प्रस्थान गर्नेछ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.