'भीम रावलले लखेटेपछि कांग्रेसमा आएँ'

'भीम रावलले लखेटेपछि कांग्रेसमा आएँ'

धनगढी: एमाले नेता तथा पूर्वशिक्षा राज्यमन्त्री मोहनसिंह राठौर पार्टी परित्याग गरेसँगै कैलाली निर्वाचन क्षेत्र २ बाट निर्वाचन लड्ने भएका छन्।
मंगलबार एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका राठौरलाई कांग्रेस संसदीय समितिको बैठकले मंगलबार नै प्रतिनिधिसभाका लागि कैलाली क्षेत्र २ बाट टिकट दिने निर्णय गरेको हो। उक्त क्षेत्रमा उनकै पूर्व पीएसँग राठौरको चुनावी प्रतिस्पर्धा हुने भएको छ।

 

संविधानसभाको पहिलो निर्वाचनअघि बनेको अन्तरिम सरकारमा राठौर शिक्षा राज्यमन्त्री भएका हुँदा केन्द्रीय सदस्य झपट रावल उनका पीए थिए। अहिले रावल वाम गठबन्धनबाट सोही क्षेत्रमा उम्मेदवार छन्। रावल एमाले नेता भीम रावलनिकट मानिन्छन्।

प्रतिनिधिसभाको टिकटसहित कांग्रेस प्रवेश गरेका राठौरले आफूलाई आफ्नै दलका ठूला नेताहरूले लखेटेकाले कांग्रेस प्रवेश गरेको बताए। ‘मलाई पार्टीका उपाध्यक्ष तथा प्रदेश ७ का इन्चार्ज भीम रावलले फर्किन नसक्ने गरी लखेटेको र कांग्रेसले टिकटसहित स्वागत गरेकाले म कांग्रेसमा आएको हुँ', अन्नपूर्णसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘अब मेरो भीडन्त कुनै बेलाका मेरै पिएसँग हुनेछ।'

राठौर एमालेभित्र इमान्दार नेताको रूपमा गनिन्थे। एमाले क्षेत्रीय कमिटीले नै राठौरको नाम सिफारिस गरेको थिएन। उनले पार्टीका प्रदेश कमिटीमा आफूमाथि अन्याय भएको भन्दै निर्णय पुनर्विचार गर्न निवेदन दिएका थिए तर सुनुवाइ नभएपछि कांग्रेस प्रवेश गरेका हुन्।

राठौर यसअघि संसद्को सुशासन तथा अनुगमन समितिका सभापति थिए। २०७० सालको निर्वाचनमा कैलालीका ६ क्षेत्रमध्ये एमालेबाट जित्ने राठौर एक्ला सांसद हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.