कांग्रेस र राप्रपाबीच खटपट, कमल थापा र प्रधानमन्त्रीबीच भेट

कांग्रेस र राप्रपाबीच खटपट, कमल थापा र प्रधानमन्त्रीबीच भेट

काठमाडौँ: नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले बुधबार भेट गरी आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा टिकट बाँडफाँडबारे बुधबार छलफल गरेका हुन्।

बालुवाटारमा भएको भेटमा झापा-३ मा नेपाली काँग्रेस र राप्रपाबीच भएको लिखित सहमति विपरित काँग्रेसले उम्मेदवार उठाएको विषयमा अध्यक्ष थापाले आपत्ति जनाएको थियो। उक्त स्थानमा काँग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र राप्रपाले महामन्त्री राजेन्द्रप्रसाद लिङ्देनलाई उम्मेदवार बनाएको छ।

छलफलमा झापामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति दुई नेताबीच भएको राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिए। उक्त स्थानमा लोकतान्त्रिक गठबन्धनबाट दुई उम्मेदवारको प्रतिस्पर्धा भए पनि देशभरका अन्य स्थानमा पूर्वसहमति अनुसार दुवै पार्टीले एक अर्कालाई सहयोग गर्ने सहमति भएको छ।

पूर्वसहमति अनुसार काँग्रेसले प्रतिनिधिसभामा सात संख्या तथा प्रदेशसभामा २० देखि २५ सिट राप्रपालाई दिने भएको पाठकले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.