दोस्रो चरण निर्वाचन : आज मनोनयन

दोस्रो चरण निर्वाचन : आज मनोनयन

काठमाडौं : मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुने भएको छ । उम्मेदवारी मनोनयनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले बिहीबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको छ ।

 

दोस्रो चरणअन्तर्गत ४५ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रका लागि मनोनयन दर्ता हुँदै छ । दोस्रो चरणमा एक करोड लाख ९८ हजार ८५२ मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनले लोकतान्त्रिक र संघीय गणतन्त्रलाई संस्थागत गर्ने भन्दै मनोनयनमा उत्साहजनक सहभागिताका लागि आह्वान गरेका छन् ।दोस्रो चरणअन्तर्गत पूर्वको इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहँु, कास्की, स्याङ्जा, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान बाँके र बर्दिया, सल्यान, सुर्खेत र दैलेख, कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र पश्चिमको डोटी जिल्लामा मतदान हुने कार्यक्रम छ ।

यसअघि ३२ जिल्लामा मंसिर १० मा हुने पहिलो चरण निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको छ । पहिलो चरण निर्वाचनबाट प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभातर्फ ७४ सिटका लागि दलले उम्मेदवारी दर्ता गराइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.