एकै नगरवासी प्रतिस्पर्धी

एकै नगरवासी प्रतिस्पर्धी

मंगलसेन : कांग्रेस र वाम गठबन्धनबाट अछाममा टिकट पाउने दुवै निर्वाचन क्षेत्रका उम्मेदवार एउटै नगरवासी छन्। प्रतिनिधिसभा सदस्यका लागि दुई निर्वाचन क्षेत्र रहेको अछाममा दुवै पक्षबाट एउटै नगरवासीबीच प्रतिस्पर्धा हुने भएको छ। क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट एमाले उपाध्यक्ष भीमबहादुर रावल र कांग्रेसबाट जिल्ला सभापति भरत स्वाँरले टिकट पाएका छन्। उनीहरू दुवै जना साँफेबगर नगरपालिका बासिन्दा हुन्। रावलको ठेगाना साँफेबगर-६, भागेश्वर र स्वाँरको वडा नम्बर ८ रिडीकोट हो।

 

क्षेत्र नम्बर २ मा कांग्रेसबाट टिकट पाएका पुष्पबहादुर शाह र वाम गठबन्धनबाट टिकट पाएका एमाले जिल्ला सचिव यज्ञ बोगटी पनि मंगलसेन नगरपालिकाका बासिन्दा हुन्। अछाममा भेगीय र जातीयताका आधारमा निर्वाचन प्रभावित हुने गरेको छ। अब उम्मेदवार नभएको क्षेत्रका मतदाता रिझाउन सक्नेले नै बाजी मार्ने आकलन हुन थालेको छ।

दोस्रो संविधानसभा निर्वाचनमा जितेका रावलले सजिलै जित्ने आकल गठबन्धनले गरेको छ। कांग्रेसले रावललाई टक्कर दिन जिविस सभापति भइसकेका स्वारलाई अघि सारेको छ। क्षेत्र नम्बर २ मा बलियो मानिएको कांग्रेसले पार्टीकै नेताहरूको असहयोगले गर्दा संविधानसभा निर्वाचन हारे पनि स्थानीय निर्वाचनमा पाँचमध्ये चार तहमा तालमेलबिना नै विजय प्राप्त गर्‍यो।

अछाममा उम्मेदवार नभएको क्षेत्रका मतदाता रिझाउन सक्नेले नै बाजी मार्ने आकलन हुन थालेको छ।

कांग्रेसले केन्द्रमा मंगलसेनबाट पुष्पबहादुर शाह, प्रदेशमा ढकारीबाट बलबहादुर कुँवर र विनायकबाट सुरतबहादुर विष्टलाई टिकट दिएर क्षेत्र मिलाएका कारण जित्ने दाबी गरेको छ। वाम गठबन्धनले केन्द्र र प्रदेश दुवैमा मंगलसेन नगरपालिकाकै बासिन्दालाई टिकट दिएकाले जित्ने दाबी कांग्रेसजनले गरेका छन्। वाम गठबन्धनले प्रदेश (१) मा माओवादीका अक्कल रावल र प्रदेश (२)मा बलबहादुर सोडारीलाई टिकट दिएको छ। सोडारी पनि मंगलसेनवासी हुन्।

संविधानसभा निर्वाचनमा निकटतम् प्रतिस्पर्धी बनेका कांग्रेस उम्मेदवारले यसपटक प्रदेशसभा सदस्यका लागि टिकट पाएका छन्। क्षेत्र नम्बर १ (१) मा मेघराज खड्का र २ (२)मा बलबहादुर कुँवरले टिकट पाएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार अछाममा ६४ हजार सात सय ७६ पुरुष र ७२ हजार एक सय २५ महिला अनि दुई तेस्रोलिंगी मतदाता छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.