दाङमा पुरानै अनुहार
घोराही : कांग्रेस दाङले जिल्लाका तीनवटै क्षेत्रमा उम्मेदवार छनोट भएको जानकारी दिएको छ । जिल्ला सभापति कीर्तिबहादुर खड्काका अनुसार प्रतिनिधिसभाका लागि तीनवटै क्षेत्रमा निवर्तमान सांसदहरू नै हावी भएका छन ।
कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएका छन् । क्षेत्र नम्बर ३ (१) मा श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरी र (२) मा पूर्वसांसद बुद्धिराम भण्डारीले टिकट पाएका छन् । क्षेत्र नम्बर १ मा पूर्वसांसद सुशीला चौधरी र २ मा पूर्वसांसद राजु खनाललाई कांग्रेसले उम्मेदवार बनाएको छ ।
क्षेत्र नम्बर १ (१) मा प्रदीप थापा र (२) मा कर्णबहादुर बुढाथोकी उम्मेदवार बन्दै छन् । क्षेत्र नम्बर २ का प्रदेशसभा सदस्य उम्मेदवार भने टुंगो लाग्न सकेको छैन । बिहीबार बिहानसम्ममा टुंगो लाग्ने दाङ कांग्रेसले जनाएको छ ।