मनोनयन दर्ता गर्न जिल्ला पुगे शीर्षस्थ नेता

मनोनयन दर्ता गर्न जिल्ला पुगे शीर्षस्थ नेता

विराटनगर : दोस्रो चरणको निर्वाचन मनोनयन दर्ता गराउन राजनीति दलका प्रमुख नेतारु सम्बन्धित ठाउँ पुगिसकेका छन्। प्रदेश १ र २ का विभिन्न जिल्लाबाट उम्मेदवार बनेका प्रमुख नेताहरु सम्बन्धित जिल्ला पुगेका हुन्।

 

एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार बिहान विराटनगर हुँदै झापातर्फ लागेका छन्। ओली झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा उठ्दै छन्। ओलीले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग भने,‘चुनाव अभूतपुर्व रुपमा हुँदैछ यसबाट जनताको मत मुखरित हुनेछ।’
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी पुगेका छन्। यादव सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उठ्दै छन्।

प्रदेश १ तथा २ का अधिकांश जिल्लामा प्रमुख दलका शीर्षस्थ नेताहरु मनोनय गर्न पुग्न थालेको हुन। उपप्रधानमन्त्री तथा काँग्रेस नेता विजयकुमार गच्छदार आफ्नो निर्वाचन क्षेत्र सुनसरी ३ पुगिसकेका छन्। काँग्रेसका महेश आर्चाय,डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, अमृत अर्याल, पूर्वराज्य मन्त्री सीताराम मेहता, काँग्रेस नेतृ सीता गुरुङ बुधबार नै आफ्नो निर्वाचन क्षेत्र पुगिसकेका छन्।

संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई धरान पुगेका छन्। उनी सुनसरी १ बाट प्रतिनिधिसभामा उठ्दै छन्। काँग्रेसका पूर्वमहामन्त्री तथा नेता कृष्णप्रसाद सिटौला झापा पुगिसकेका छन्। सिटौला झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट उठ्दैछन्।

उद्योग मन्त्री शुनिलबहादुर थापा, नागरिक उड्ययन तथा पर्यटन मन्त्री जीतेन्द्र नारायण देव पनि बुधबार नै विराटनगर विमानस्थल ओर्लिएर आफ्नो निर्वाचन क्षेत्रतिर लागेका छन्। काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूका अनुसार काँग्रेसले मोरङमा मनोनयन दर्ताको सबै तयारी गरिसकेको छ। अहिले साढे १२ बजेपछि विराटनगरमा सबै क्षेत्रका उम्मेदवारले एकैसाथ मनोनयन दर्ता गर्ने बताए।

एमालेले पनि गठबन्धनका उम्मेदवारसहित मनोनयन दर्ता गर्ने तयारी गरेको छ। एमाले मोरङका अध्यक्ष विनोद ढकालले भने,‘हामी एकैसाथ गएर मनोनयन दर्ता गराउने तयारीमा छौं।’ विराटनगरमा सहिद रंगशाला क्षेत्र वरिपरि रहेका वीरेन्द्र सभागृह, क्षेत्रीय हुलाक, जनता आवासको कार्यालय, जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गरिएको छ।

भीआइपीको आगमन बाक्लिएसँगै विराटनगर एयरपोर्टमा प्रहरीलाई सुरक्षा दिन हम्मे हम्मे परेको छ। सयौंको संख्यामा नेता कार्यकर्ताहरुको भींड लाग्न थालेपछि समस्या भएको हो ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.