सिरहामा मध्यान्हसम्म ठूला दलका एउटै उम्मेदवारी परेन

सिरहामा मध्यान्हसम्म ठूला दलका एउटै उम्मेदवारी परेन

सिरहा : आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि आज सिरहामा पनि मनोनयनपत्र दर्ता सुरु भएको छ । सिरहा सदरमुकामस्थित चन्द्र मावि परिसरमा खडा गरिएको निर्वाचन कार्यालयमा मनोनयन दर्ता सुरु भएको हो ।

 बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउने समय तोकिएको छ । तर मध्यान्ह १२ बजेसम्म दुई उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेका अनुसार मध्यान्ह १२ बजेसम्म क्षेत्र नम्बर ४ को प्रदेशसभा १ बाट पलासदेवी यादब स्वतन्त्र र रामभवन कापर नेपाल समाजवादी पार्टी (लोहियाबादी)बाट उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार कसलाई बनाउनेबारे टुंगो नलागेकाले काँग्रेसको उम्मेदवारी दर्ता साँझसम्म हुने अनुमान गरिएको छ । बाम गठबन्धनको तर्फबाट एमाले र माओवादी केन्द्रलाई उम्मेदवारी दर्ता गर्न दिउँसो २ बजेको समय तोकिएको छ । २ बजे अगाडि नै राजपा र संघीय समाजवादी फोरमको समय तोकिएपनि अहिलेसम्म कोही उम्मेदवार उम्मेदवारी दिन आएका छैन् ।

विगतको निर्वाचनमा मनोनयन दर्ताको दिन उल्लेख्य भिड देखा पर्ने गरेपनि आजको मनोनयन दर्ता कार्यक्रममा सिरहा सदरमुकाममा खासै चहलपहल तथा भिड देखा परेको छैन । मनोनयनपत्र दर्ता गराउने स्थलमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सिरहामा प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ८ निर्वाचन क्षेत्र कायम भएको छ । जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार कुल ३ लाख ४४ हजार ३७० मतदाता रहेका छन् । स्थानीय तहको निर्वाचनमा ४३१ मतदान केन्द्र रहेको थियो । तर मतदाता संख्या बढेपछि ५ मतदान केन्द्र थप गरेर यो निर्वाचनका लागि कुल ४३६ मतदान केन्द्र तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.