जाजरकोटका ७२ मतदानस्थल अतिसंवेदनशील

 जाजरकोटका ७२ मतदानस्थल अतिसंवेदनशील

जाजरकोट: आसन्‍न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जाजरकोटका ७२ मतदान स्थललाई अति संवेदनशील स्थलको रुपमा राखिएको छ। सुरक्षा संवेदनशीलताका आधारमा ८५ ओटा मतदान स्थल मध्य ७२ ओटालाई अतिसंवेदनशील स्थलका रुपमा राखिएको हो।

सुरक्षा चुनौतिको विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान केन्द्रको बर्गिकरण गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए । १३ ओटा मतदान केन्द्रलाई सामान्य मतदान स्थलको रुपमा वर्गीकरण गरिएको छ।

जिल्लामा ८५ मतदान स्थल अर्न्तगत एक सय १६ मतदान केन्द्र तोकिएको छ । गत स्थानिय निर्वाचनमा १२ मतदान स्थललाई अति संवेदनशील, २८ संवेदनशील र ४५ मतदान स्थललाई सामान्य मतदान स्थलको रुपमा बर्गिकरण गरेको थियो।

आसन्‍न निर्वाचनमा सुरक्षा निकायले ८५ प्रतिशत मतदान स्थललाई अति संवेदनशील स्थलको रुपमा किन राख्यो त? प्रहरी प्रमुख रिमाल भन्छन् 'सुरक्षा थ्रेट र प्रहरीलाई प्राप्त विभिन्न सुचनाको आधारमा हामीले ति मतदान स्थललाई अतिसंवेदनशील स्थलको रुपमा राखेका हौ।'

स्थानिय प्रशासनले जाजरकोटका खास गरी नेत्रविक्रम चन्द विप्लबको नेपाल कम्नियुष्ट पार्टीबाट सवै भन्दा बढी सुरक्षा चुनौति महसुस गरेको छ। सुरक्षा निकायले पुर्व गृहमन्त्री शक्ति बस्नेतलाई जिताउन उनी निकट वाइसिलले मतदान स्थल कब्जा गर्न सक्ने आशंका एकातिर देखेको छ भने अर्कोतिर काँग्रेस उम्मेदवार राजिव विक्रम शाहले तरुण दल निकट युवाहरुलाई परिचालन गर्दा दुई पक्ष विच दोहरो भिडन्त हुने खतरा देखेको छ।

सुरक्षा निकायले मतदान स्थललाई देशभर सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा विभाजन गरेर सोही अनुसार सुरक्षाकर्मी परिचालन गर्ने गरेको छ।अतिसंवेदनशील मतदान स्थलमा सुरक्षाकर्मी पनि अन्यको तुलनामा बढी नै परिचालन गर्ने ब्यवस्था गरिएको छ।

तीन घेरामा सुरक्षा कर्मी परिचालन गरिनेछ।पहिलो घेरामा म्यादी प्रहरी त्यसपछि नेपाल प्रहरी र त्यसपछि बाहिरी घेरामा शसस्त्र प्रहरी परिचालन गरिनेछ। नेपाली सेनाले अतिसंवेदनशील स्थलमा गस्ती ब्यवस्था मिलाईएको स्थानिय प्रशासनले जनाएको छ।

जाजरकोट भौगोलिक रुपमा पनि निकै विकट रहेको मतदान स्थलमा यातायात र संचारको सहज पहँच पुग्न नसकेको आदि कारणले पनि धेरैजसो मतदान स्थललाई संवेदनशील मतदान स्थलका रुपमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए।

जिल्लामा यस पटक तीन स्थानमा मतदान केन्द्र थप गरिएको छ। नलगाड नगरपालिकाको दल्ली, वारेकोट गाउँपालिकाको सेपुखोला र वारेकोटकै सिलिंगेचौरमा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले बताए।

एक हजार ६४ मतदाता वरावर एक मतदानन केन्द्र हुने निर्वाचन आयोगको नियम अनुसार जिल्लामा यो पटक तीन वटा मतदान केन्द्र थप गरिएको उनले बताए। निर्वाचन कार्यालयका अनुसार निर्वाचन सफल वनाउनका लागि मतदाता शिक्षा, निर्वाचन र सन्चार तालिम जनशक्ति व्यवस्थापन लगाएतका गतिविधिहरु तिव्र गतिमा सञ्‍चालन भइरहेका छन्।

निर्वाचनका लागि आवस्यक जनशक्तिको व्यवस्थापनको अन्तिम तयारी भैरहेको प्रमुख वुढाथोकीले बताए। तर हाल सम्म जिल्लामा निर्वाचन शिक्षा सामग्री आईपुगेको छैन। निर्वाचन शिक्षा सामाग्रीहरु पुग्ने वित्तिकै मतदातालाइ भोट हाल्ने तरीका र अन्य निर्वाचन शिक्षाका कार्यक्रमहरु सन्चालन गरिने वुढाथोकीले बताए।

यस पटक जिल्लामा मंसिरमा हुने निर्वाचनका लागि ८३ हजार ९ सय ३७ मतदाताले आफनो मताधिकारको प्रयोग गर्नेछन्। उक्त निर्वाचनमा प्रतिनिधि सभाका लागि ५ दलका ५ जना उम्मेदवार र प्रदेश सभाका दुई निर्वाचन क्षेत्रका लागि ५ दलका ९ जना उम्मेदवारहरु मैदानमा उत्रिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.