भक्तपुरमा वाम गठबन्ध र संघीय फोरमको उम्मेदवारी दर्ता : क्षेत्र २ मा महेस बस्नेत
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भक्तपुरका दुई निर्वाचन क्षेत्रमा वाम गठबन्धन र संघीय समाजवादी फोरमका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। भक्तपुर क्षेत्र नम्बर १ मा वाम गठबन्धनको तर्फबाट माओवादीका मिलन सुवालले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराए
भक्तपुर : मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भक्तपुरका दुई निर्वाचन क्षेत्रमा वाम गठबन्धन र संघीय समाजवादी फोरमका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। भक्तपुर क्षेत्र नम्बर १ मा वाम गठबन्धनको तर्फबाट माओवादीका मिलन सुवालले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराए। क्षेत्र १ बाट प्रदेशसभाका लागि १ (क) मा माओवादीका देवीप्रसाद ढकाल र (ख) मा एमालेका रोमन शिलाकारले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी क्षेत्र नम्बर १ (ख)मा संघीय समाजवादी फोरका कुसुम प्रधानले उम्मेदवारी दिएका छन्।
सँगै वाम गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नम्बर २ मा एमाले युवा नेता महेस बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् भने गठबन्धनकै तर्फबाट प्रदेशसभाका लागि २ (क) मा शशिजंग थापा र २ (ख) मा राजेन्द्रमान श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
क्षेत्र नम्बर २ मै संघीय समाजवादीकी देवीमाया खातीले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएकी छिन् भने २ (ख) मा फोरमका कृष्णबहादुर घजुको उम्मेदवारी परेको छ।
रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीको तर्फबाट क्षेत्र नम्बर २ को प्रतिनिधिसभाका लागि शशिविक्रम कार्की र २ (क) रमेश राई र २ (ख) मा रामभक्त बाँदेको उम्मेदवारी परेको छ।
सँगै नेकपा मालेले भने क्षेत्र नम्बर २ (ख) मा प्रदेशसभाका लागि बलराम खत्रीको मात्र उम्मेदवारी दर्ता गराएको छ। कांग्रेस र नेमकिपाले भने दिउँसो ३ बजेपछि मात्र उम्मेदवारी दर्ता गर्ने बताएका छन्।