कपिलवस्तुमा पत्रकारलाई पनि चुनावी रन्को
कपिलवस्तु: कपिलवस्तुका एक पत्रकारले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका छन। लामो समय देखि पत्रकारिता पेशामा आवद्ध माधव भाट क्षेत्रीले राष्ट्रिय जनमोर्चाबाट मनोनयन दर्ता गराएका हुन।
उनी प्रगतिशिल पत्रकार संघ कपिलवस्तुका अध्यक्ष समेत रहेका छन्।गणतन्त्रको संस्थागत गर्न र राष्ट्रलाई आर्थिक समृद्धिको दिशामा अगाडी बढाउन आफुले मनोनयन दर्ता गराएको उनले बताए।
राष्ट्रिय जनमोर्चाले जिल्लाका ३ प्रतिनिधिसभा र ६ प्रदेशसभामा उम्मेदवारी दिएको जिल्ला अध्यक्ष दधिराम आचार्यले बताए। यस्तै राष्ट्रिय जनमोर्चाले तीन जना महिलालाई चुनावमा उठाउन लागेको उनले बताए।
सोहि अनुरुप प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा महिलाको उम्मेदवारी परेको छ। यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश नम्बर १, प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट महिलालाई उम्मेद्वार बनाएको अध्यक्ष आचार्यले बताए।